Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदक्रिकेटः आयरल्यान्ड ‘ए’द्वारा शृङ्खला ‘क्लिनस्वीप’

क्रिकेटः आयरल्यान्ड ‘ए’द्वारा शृङ्खला ‘क्लिनस्वीप’


काठमाडौँ, नेपाल ‘ए’विरुद्धको एकदिवसीय शृङ्खला आयरल्यान्ड ‘ए’ले ‘क्लिनस्वीप’ गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको प्रतियोगिताको तेस्रो खेलमा नेपाल ‘ए’लाई ६९ रनले पराजित गर्दै आयरल्याण्ड ‘ए’ले शृङ्खला क्लिनस्वीप गरेको हो । आयरल्याण्ड ‘ए’ले पहिलो खेल २१ रनले र दोस्रो खेल एक सय १४ रनले जितेको थियो ।

आजको खेलमा जितका लागि दुई सय ८५ रनको लक्ष्य पाएको नेपाल ३९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै दुई सय १५ रनमा समेटियो । नेपालका लागि अर्जुन कुमालले सर्वाधिक एक सय दुई रनको योगदान दिए । उनले एक सय १८ बल खेल्ने क्रममा १४ चौका प्रहार गरे ।

त्यसैगरी अर्जुन साउदले ३० बलमा चार चौका र तीन छक्काको साहयताले ३६ रन बनाए भने नरेन भट्ट र रुपेश सिंहले समान १५÷१५ रन बनाए । देव खनालले ११ रन जोडदा साहब आलमले छ रनमा आउट भए ।

आयरल्याण्ड ‘ए’को जितमा बिन ह्वाइट एक्लैले पाँच विकेट लिए भने गाभिन होयले चार विकेट झारे । त्यस्तै म्याथ्यु फोस्टरले एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड ‘ए’ले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ८४ रनको योगफल बनाएको थियो ।

आयरल्यान्ड ‘ए’का लागि स्टीफन डोहनीले शतकीय प्रहार गरे । उनले एक सय २९ बल खेल्दै आठ छौका र दुई छक्काको सहयोगमा एक सय सात रनको योगदान दिएका थिए । त्यस्तै पिटर मुरले २४ बलमा दुई चौका र पाँच छक्काको सहयोगमा ४४ रन बनाए । म्याथ्यु हम्फ्रेजले २३ रन बनाए भने मोर्गन टोप्पिङले २१ रन बनाए । त्यस्तै फिन ह्यान्डले २० रन जोडे ।
नेपाल ‘ए’का रिजन ढकाल र रञ्जित कुमारले समान तीन÷तीन विकेट लिए भने विकास आग्री र साहब आलमले समान एक एक÷विकेट लिए ।


क्याटेगोरी : खेलकुद, समाचार

तपाईको प्रतिक्रिया