Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसरकारको तिर्न बाँकी ऋण २३ खर्ब ८५ अर्ब

सरकारको तिर्न बाँकी ऋण २३ खर्ब ८५ अर्ब


काठमाडौं । सरकारले तिर्न बाँकी ऋण २३ खर्ब ८५ अर्ब ७९ करोड २१ लाख रुपैयाँ पुगेको छ । यसमध्ये आन्तरीक ऋण दायित्व ११ खर्ब ७९ अर्ब ४८ करोड चार लाख रुपैयाँ र बाह्य ऋण दायित्व १२ खर्ब छ अर्ब ३१ करोड १७ लाख रुपैयाँ छ ।

गत आसार मसान्तमा सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड रुपैयाँ थियो । चैत मसान्तमा आइपुग्दा ८६ अर्ब ४४ करोड रुपैयाँले बढेको छ ।

सरकारको आम्दानी खुम्चिदै जाँदा ऋण लिएर ऋण तिनुपर्ने अवस्था आएकोले सार्वजनिक ऋण बढ्दै गएको देखिन्छ । महालेखानियन्त्रकको कार्यालयका अनुसार यस वर्ष चैत मसान्तसम्म ५२ दशमलव ५८ प्रतिशत राजस्व संकलन भएको छ । जुन सात खर्ब ४८ अर्ब हुन्छ । तर यो अवधिमा सरकारले नौ खर्ब नौ अर्ब रुपैयाँ खर्च गरेको छ । आम्दानी बढ्न नसकेपछि खर्चका लागि ऋणको भर पर्नुपरेको देखिन्छ ।

सरकारले ऋण तिनैकै लागि थप ऋण लिनुपरेको तथ्यांकमा देखिन्छ । चैतसम्म सरकारले कुल दुई खर्ब ३८ अर्ब ९३ करोड ९९ लाख रुपैयाँ ऋण लिएको छ । यस अवधिमा एक खर्ब ५२ अर्ब ५० करोड दुई लाख रुपैयाँ भुक्तानी गरेकोक छ । सरकारले बाह्य ऋणको तुलनामा अन्तरिक ऋण प्राप्ती बढी गरेको छ । नौ महिनामा सरकारले बाह्य ऋण ६२ अर्ब ९३ करोड ९९ लाख रुपैयाँ लिएको छ भने आन्तरिक ऋण एक खर्ब ७६ अर्ब रुपैयाँ लिएको छ । त्यस्तै बाह्य ऋण २६ अर्ब ८७ करोड ६९ लाख रुपैयाँ भुक्तानी गरेको छ भने आन्तरिक ऋण एक खर्ब २५ अर्ब ६२ करोड ३३ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

विकास निर्माण सुस्त हुँदा बाह्य ऋण कम प्राप्त भएको छ । सरकारले आन्तरिक ऋण उठाएर खर्च गरेको देखिन्छ । राजस्व कम उठेपछि आन्तरिक ऋण उठाएर प्रशासनिक खर्च गरिरहेको देखिन्छ । जुन अर्थतन्त्रका लागि राम्रो होइन ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया