Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारऔद्योगिक क्षेत्रमा नियमित विद्युुत् आपूर्तिको व्यवस्था गर्न पूर्वी क्षेत्रका उद्योगीको माग

औद्योगिक क्षेत्रमा नियमित विद्युुत् आपूर्तिको व्यवस्था गर्न पूर्वी क्षेत्रका उद्योगीको माग


काठमाडौं । पूर्वी क्षेत्रका उद्योगी व्यवसायीहरूले औद्योगिक क्षेत्रमा नियमित विद्युुत् आपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी अघोषित विद्युत् कटौतीले औद्योगिक क्षेत्र मारमा परेको गुनासो समेत गरेका छन् ।

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाको नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहाल, अर्थमन्त्री वर्षमान पुन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष उद्योग व्यवसाय क्षेत्रले भोग्दै आएका समस्या र आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा सुझाव पेस गरेको उद्योग संगठन मोरङले जानकारी दिएको छ । प्रतिनिधि मण्डलले वर्तमानको आर्थिक समस्यामा विशेष गरेर विद्युत् आपूर्तिको समस्या नै रहेको उल्लेख गरेका थिए । साथै, बजारमा देखिएका सुस्तताले औद्योगिक क्षेत्रमा परेको प्रभाव, सरकारले तत्काल गर्नुपर्ने कार्य र आगामी बजेटले सम्बोधन गर्नुपर्ने विषयहरूमा उनीहरूले सरकारको ध्यानाकर्षण गराएका थिए । समस्या समाधानका लागि सरकारको तत्परताका लागि प्रधानमन्त्रीसँग आग्रह गरेको संगठनका अध्यक्ष सुुरानाले बताए ।

अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा उनीहरूले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा सम्बोधन गर्नुपर्ने निजी क्षेत्रका विषयहरूका सुझाव पेस गर्नुका साथै अर्थतन्त्रलाई चलायमान बनाउन गम्भीर बन्न आग्रह गरेका थिए । यस्तै, उनीहरूले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँगको भेटमा उद्योगको अवस्थाप्रति सवेदनशील भई प्रक्रियागत जटिलता सरलीकरण गर्न, कार्गाे रेल तत्काल सञ्चालनको वातावरण तयार पार्न र औद्योगिक पूर्वाधार निर्माणका बारेमा सुझाव दिएको संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले जानकारी दिए ।

साथै, प्रतिनिधिमण्डलले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङसँग पनि भेट गरी पर्यटन प्रवद्र्धनका लागि विशेष योजना बनाउन आग्रह गरेका थिए । यस क्षेत्रमा देखा परेका समस्या र खासमा भारतीय पर्यटक भित्र्याउन विशेष अनुरोध गरेको उपाध्यक्ष राठीले बताए । साथै, संगठनले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय कार र्याली, कनेक्ट नेपाल इन्भेस्टमेन्ट मिसनमा सहकार्य गर्न समेत संगठनले अनुरोध गरेको थियो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पनि विद्युत् आपूर्तिको समस्यामा आर्जित उद्योग व्यवसायको वर्तमान अवस्थाका बारेमा ध्यानाकर्षण गराउँदै संवेदनशील बन्न संगठनले आग्रह गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया