Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल र कतारको समाचार एजेन्सीबीच समाचार आदानप्रदानबारे छलफल

नेपाल र कतारको समाचार एजेन्सीबीच समाचार आदानप्रदानबारे छलफल


काठमाडौँ । नेपालको सरकारी समाचार एजेन्सी रासस र कतारको ‘कतार न्यूज एजेन्सी’बीच समाचार आदानप्रदान गर्ने विषयमा छलफल भएको छ । नेपालका लागि कतारका राजदूत मिशाल बिन मोहम्मद अल अन्सारी नेतृत्वको प्रतिनिधिमण्डलको आज रासस केन्द्रीय कार्यालय अवलोकनका क्रममा सो बारे छलफल भएको हो ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राजदूत अन्सारीलाई स्वागत गर्दै राससले गर्ने समाचार उत्पादन र सम्प्रेषण प्रक्रियाबारे जानकारी गराएका थिए । राजदूत अन्सारीले स्वागतका लागि आभार व्यक्त गर्दै दुवै समाचार एजेन्सीबीच समाचार सहयोग आदानप्रदान गर्न आफूहरु तयार रहेको बताएका थिए ।

दुवै समाचार एजेन्सीबीच एकआपसमा समाचार आदानप्रदान गर्ने सम्बन्धी सम्झौता गर्ने प्रक्रिया अघि बढेको छ । सो अवसरमा रासस र ‘कतार न्यूज एजेन्सी’बीच समाचार आदानप्रदान सम्झौता गर्नेलगायत विषयमा छलफल भएको राससका नायब महाप्रबन्धक सोमनाथ लामिछानेले जानकारी दिए ।

कार्यालय अवलोकनका क्रममा उनलाई राससका प्रमुख समाचारदाता उत्तम सिल्वालले समाचार सङ्कलनको प्रक्रिया र प्रधानसम्पादक एकराज पाठकले समाचार सम्प्रेषणबारे जानकारी गराएका थिए ।

भेटमा राससका महाप्रबन्धक सिद्धराज राई, नायब महाप्रबन्धकद्वय राजु शाक्य र श्यामप्रसाद रिमाल उपस्थित थियो । राजदूत अन्सारीका साथ कतारको सञ्चार मन्त्रालयका निर्देशक शेख अल हरिथ सुहैम अल थानी, मन्त्रालयकै अली अब्दुल्ला एजे अल तमिमी र दूतावासका द्वित्तीय सचिव नासेर घानिम सहभागी थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया