Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो


काठमाडौँ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर तीन रुपैयाँले बढेको छ । नेपाल आयल निगमले मंगलबार बिहानदेखि कायम हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो ।

निगमले इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरीद मूल्यको आधारमा मूल्य बढाइएको जनाएको छ । भरतबाट नै पेट्रोलियम पदार्थकोप्रति लिटर दुई रुपैया ९६ पैसा र डिजेलको प्रतिलिटर तीन रुपैया ४६ पैसा मूल्य बढेर आएको निगमले जनाएको छ ।

नयाँ खुद्रा मूल्यअनुसार पेट्रोल प्रतिलिटर एक सय ७८ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर रुपैयाँ एक सय ६१ रुपैयाँ पुगेको छ । पहिलो वर्गअन्र्तगतको चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य एक सय ७५ रुपैयाँ ५० पैसा तोकिएको छ । यस्तै दोस्रो वर्ग अन्र्तगतको सुर्खेत र दाङका लागि एक सय ७७ रुपैयाँ मूल्य रहेको छ भने तेस्रो वर्गअन्र्तगतको काठमाडौँ, पोखरा र दिपायलका लागि पेट्रोलको मूल्य एक सय ६१ रुपैयाँ कायम गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया