नेपाल टेलिकमको ‘बिलिङ’ प्रणालीमा अर्बौं घोटाला
काठमाडौँ । ‘राष्ट्रको सञ्चार’का रुपमा प्रचारित नेपाल टेलिकमबाट वार्षिक दुई अर्ब रुपैयाँबढी चुहावटका नाइके थिए, पौडेलबन्धु–‘सुनिल र विकल’ । दूरसञ्चार नेटवर्क र इन्टरनेटमा तीब्र गतिको विकास भइरहँदा ‘सुनिल र विकल’ले नेपाल टेलिकमलाई पुरानो बिलिङ प्रणाली मै लठ्काएर वार्षिक अर्बौँ नोक्सान गराएको तथ्य भेटिएको छ ।
जसमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, तत्कालीन सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, हालका मुख्य सचिव बैंकुण्ठ अर्याल, देउवा पत्नी आरजुको समेत संलग्नता पुष्टि हुने अवस्था देखिएको छ ।
नेपाल टेलिकमको कार्यकारी निर्देशकमा सुनिल पौडेललाई नियुक्त गर्ने चाँजो मिलाउने विचौलिया आरजु देउवा निकट मानिने रामचन्द्र भट्ट हुन् । जो सार्वजनिक संस्थानका प्रमुखदेखि सुपारी, पोस्तादानाको कोटा निर्धारणमा प्रत्यक्ष हस्तक्षेप गर्ने विचौलियाका रुपमा समेत चिनिन्छन् । यी भट्ट कुनै समय टिम्बर कर्पोरेशनमा घोटाला गरेको काण्डमा पनि मुछिएका थिए ।
सुनिल, विकाल र रामचन्द्रबीचको गोप्य योजना अनुसार पुरानै बिलिङ सिस्टमलाई निरन्तरता दिँदै ३० करोड बढीको भ्रष्टाचार भएको तथ्यहरु फेला परेका छन् । विचौलिया रामचन्द्र भट्टसहित टेलिकमका २४ उच्च अधिकारीहरु अनुसन्धानको घेरामा छन् ।
सुनिलकै सक्रियतामा गएको पुसमा सवा तीन अर्ब रुपैयाँमा ५ वर्षका लागि एसिया इन्फोलाई बिलिङ प्रणालीको ठेक्कामा निरन्तरता दिने निर्णय भएको बताइएको छ । टेलिकमको सञ्चालक समितिले २०७९ पुस २४ गते एसिया इन्फोलाई ५ वर्षका लागि मर्मत सम्भारको जिम्मा दिने निर्णय गरेको थियो । जसमा वार्षिक ६५ करोड रुपयौँका दरले भुक्तानी दिने भनिएको छ ।
नेपाल टेलिकमको हाल सञ्चालनमा रहेको बिलिङ प्रणालीबाट उनीहरुको सेटिङमा नेताहरुको समेत संलग्नतामा अर्बौ रुपैयाँ घोटाला गरिएका तथ्य फेला परेको छ । सञ्चारको दुनियाँ थ्रीजीबाट फोरजी र इन्टरनेट तामाको तारबाट फाइबरमा रुपान्तरण भइसक्दा पनि नेपाल टेलिमलाई पुरानै बिलिङ प्रणालीमा लठ्काइएको थियो । तत्कालीन प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले पुरानो बिलिङ प्रणाली हटाएर नयाँ ल्याउने व्यवस्था मिलाउन प्रस्ताव गरेका थिए ।
उनकै प्रस्तावमा २०७८ साउन ४ गते हरि बस्यालको अध्यक्षतामा बसेको सञ्चालक समिति बैठकले नयाँ बिलिङका लागि ठेक्का प्रक्रियामा जाने शर्तहरु तयार पारियो । तीन करोड ५० लाख डलरको नयाँ बिलिङ प्रणालीको ठेक्का प्रक्रिया अघि बढाउने निर्णय भयो तर कार्यान्वयन भएन । जतिबेला बस्याल आफैं विभागीय मन्त्रालयको सचिवबाट सेवा निवृत्त हुँदै थिए र टेलिकमको अध्यक्षबाट पनि हट्दै थिए । कारण सञ्चार सचिव टेलिकमको अध्यक्ष हुने व्यवस्था थियो ।
बस्याल जानासाथ सञ्चार सचिवमा आएका हालका मुख्य सचिव बैकुण्ठ अर्यालले नयाँ बिलिङको ठेक्का प्रक्रिया रोके । उता, टेलिकमका प्रबन्ध निर्देशक अधिकारीको पनि सेवा अवधि सकियो । र, सुनिल पौडेल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त भए ।
तत्कालीन सञ्चार सचिव एवं टेलिकमको अध्यक्ष रहेका अर्याल नेतृत्वको सञ्चालक समितिले ठेक्का सम्झौता सकिन तीन महिना बाँकी रहेको र ठेक्का प्रक्रिया तथा डेटा माइग्रेसनका लागि दुई वर्ष भन्दा बढी समय लाग्ने भन्दै पुरानै बिलिङ सिस्टमलाई निरन्तरता दिने निर्णय गरेर चुहावट एवं अनियमितताको बाटो खुला राख्ने कार्यमा अधिकारी र पौडेलको संलग्नता रहेको देखिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया