Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैतडीको झुलाघाट नाका वैशाख ७ गतेसम्म बन्द

बैतडीको झुलाघाट नाका वैशाख ७ गतेसम्म बन्द


बैतडी । भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका मंगलबारदेखि बन्द हुने भएको छ । अप्रिल १९ तारिख (वैशाख ७ गते) उत्तराखण्ड राज्यमा लोकसभाका लागि निर्वाचन हुँदैछ ।

उक्त निर्वाचनलाई मध्यनजर गर्दै बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले मंगलबार साँझ ६ बजेदेखि वैशाख ७ गते साँझ ७ बजेसम्म झुलाघाट नाका बन्द रहने बताए । सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ । नाका बन्द गर्नका लागि यसअघि नै भारतीय अधिकारीसँग समन्वय भइसकेको छ । कुनै देशमा चुनाव हुँदा सीमा बन्द गर्ने चलन छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया