Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविकास र सुशासन पार्टीको मुख्य ‘एजेण्डा’ हुनुपर्छ: महामन्त्री थापा

विकास र सुशासन पार्टीको मुख्य ‘एजेण्डा’ हुनुपर्छ: महामन्त्री थापा


सुदूरपश्चिम । ‘समुदायमा कांग्रेस संवाद कार्यक्रम’का क्रममा मंगलबार धनगढीमा अयोजित कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विकास र सुशासन पार्टीको मुख्य ‘एजेण्डा’ हुनुपर्ने बताएका छन् । महामन्त्री थापाले विकासका सावलमा दलहरुबीच राष्ट्रिय बहस छलफल गरी साझा धारणा बनाउन, भ्रष्टाचार निर्मूल गर्न र कानुनी शासनलगायतका मुद्दामा कांग्रेसले नेतृत्व गर्नुपर्ने बताए ।

पार्टीको एजेण्डा २०८४ का लागि नभइ आज देखिएका यावत समस्याको समाधानका लागि हुनुपर्ने बताए । उनले भने, “वर्ष २०८१ लाई पार्टी शुद्धीकरण र पुनःजागरणको वर्ष बनाउनुपर्छ, एकवर्ष कांग्रेसले सिंहदरबार, बालुबाटार नहेरी राष्ट्रका मुख्य–मुख्य समस्या समाधान खोज्न पहल गर्नुपर्ने बेला आएको छ, ।”

उनले पार्टी सञ्चालन प्रक्रिया त्रुटिपूर्ण हुँदा पार्टीमा गुट उपगुटको समस्या देखिएको भन्दै गुटबन्दीविरुद्ध उपचार खोज्ने बेला आएको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया