Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगीतकार प्रकट पगेनीको उपचारका क्रममा निधन

गीतकार प्रकट पगेनीको उपचारका क्रममा निधन


पोखरा । मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएका पोखराका साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’को निधन भएको छ । निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उपचारका क्रममा उनको मंगलबार दिउँसो निधन भएको प्रज्वल पंगेनीले बताएका छन् ।

साहित्यकार शिवको परिवारको आग्रहमा कविता, गीतसहित शृंगारिक गजलमार्फत शिवको उपचारका लागि समस्या भएपछि पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा आर्थिक संकलन थालिएको थियो ।

पछिल्लो समय प्रकट पगेनीले जन्मगाउँ रूपा गाउँपालिकामै बसेर फार्म र कटेज सञ्चालनको तयारी गरिरहेका थिए । उनको कविता, गजलका किताब प्रकाशित छन् भने ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’ जस्ता गीत चर्चित छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया