सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
कमलामाई (सिन्धुली) । बिपी राजमार्गअन्तर्गत पर्ने सिन्धुली चियाबारी–खुर्कोटमा सुरुङ मार्ग निर्माण थालनी गर्न सिन्धुलीका स्थानीय तहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग माग गरेका छन् ।
कमलामाई नगरपालिका र गोलञ्जोर गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिले मागपत्रमार्फत प्रधानमन्त्री दाहालसँग चियाबारी–खुर्कोट सुरुङ निर्माण थालनी गर्न आवश्यक बजेटसहितको व्यवस्था मिलाउन माग गरेका हुन् । सुनकोशी–मरिण डाइर्भसन बहुउद्देश्यीय आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ गर्न सुनकोशी गाउँपालिका–७ कानढुङ्गी आइपुगेका उनलाई कमलामाई र गोलञ्जोरका पालिका प्रमुखहरुले उक्त मागपत्र बुझाएका छन् ।
राससका अनुसार पूर्वी नेपाल तथा काठमाडौँको दूरी र पहुँचको हिसाबले अत्यन्त महत्वपूर्ण वैकल्पिक राजमार्गका रुपमा रहेको बिपी राजमार्गको सिन्धुलीमाढी चियाबारीदेखि गोलञ्जोर गाउँपालिकाको खुर्कोटसम्म (करिब ३९ किलोमिटर)मा सडक खण्ड कठिन अलाइन्मेन्ट, घुमाउरो र साँघुरो भएकाले दिनानुदिन दुःखद घटनाहरु घटिरहेको कमलामाई नगरप्रमुख उपेन्द्रकुमार पोखरेलद्वारा हस्ताक्षरित मागपत्रमा उल्लेख छ । यस विषयलाई दृष्टिगत गर्दै बेलाबेला चियाबारी–खुर्कोट सुरुङ निर्माण गर्ने कुरा केन्द्रीयस्तरमा उठ्ने गरेको भए पनि कार्यान्वयनका लागि प्रयाससमेत नभएको गुनासो उल्लेख छ ।
सुनकोशी–मरिण डाइर्भसन बहुउद्देश्यीय आयोजनाको सुरुङ ब्रेक थ्रु समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनीका लागि बजेटसहित आवश्यक प्रबन्ध चाँडै मिलाउने आश्वासन दिएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर
- सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया