Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारस्व. नेता गुरुङको सम्मानमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

स्व. नेता गुरुङको सम्मानमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने


काठमाडौँ । संविधानसभा सदस्य एवं पूर्वमन्त्री सूर्यमान गुरुङको निधनप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार बसेको आकस्मिक बैठकले उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

नेता गुरुङको निधनप्रति बैठकले दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुका साथै दिवङ्गत आत्माको चीरशान्तिको कामना र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले स्व. गुरुङप्रति सम्मान प्रकट गर्दै बैठकले शोक कार्यक्रमअन्तर्गत वैशाख २७, २८ र २९ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको जानकारी दिए ।

नेता गुरुङको यही वैशाख २५ गते काठमाडौँ ज्ञानेश्वरस्थित हिमाल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । वैशाख २८ गते पार्टीको केन्द्र, प्रदेश तथा जिल्ला कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३औँ दिनमा सम्बन्धित जिल्लामा शोकसभाको आयोजना गर्ने निर्णय गरेको छ ।

विसं २०१४ को भद्र अवज्ञा आन्दोलनमा सहभागी भई कांग्रेसको राजनीतिक यात्रा प्रारम्भ गरेका स्व. गुरुङलाई २०१७ सालमा प्रजातन्त्र अपदस्थ पछि तत्कालीन व्यवस्थाले पक्राउ वारेन्ट जारी गरेको थियो । तत्पश्चात् उनी भारतको दार्जिलिङ निर्वासित भई सशस्त्र सङ्गठनमा सक्रिय रहेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया