Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारघरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाअधिवेशन जेठमा

घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाअधिवेशन जेठमा


काठमाडौं ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औँ राष्ट्रिय महाअधिवेशन जेठको तेस्रो साता हुने भएको छ । महासंघको राजधानीमा बसेको केन्द्रीय कार्यसमितिको ११औँ बैठकले आगामी जेठ २४, २५ र २६ गते २५औँ महाधिवेशन तथा २२औँ महिला उद्यमी सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको हो ।

बैठकले त्यसभन्दा अगाडि प्रदेश सम्मेलन, ७७ वटै जिल्लामा अधिवेशन पनि सम्पन्न गर्ने निर्णय गरेको छ । महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति पनि चयन गर्नेछ । बैठकमा महासंघका महासचिव डम्बरप्रसाद रेग्मीले महासंघको प्रगति प्रतिवेदन र कोषाध्यक्ष सत्यनारायण प्रजापतिले आर्थिक प्रतिवेदन पेश गरेका थिए । विगतमा भएका केन्द्रीय सचिवालय समिति बैठकका निर्णयहरूको जानकारी र कार्यव्यवस्थापन समिति बैठकका निर्णयहरुको बैठकले अनुमोदन गरेको थियो । महाधिवेशनका लागि समान प्रकृतिका संघ/संस्थासँग एकीकरणका सम्बन्धमा बैठकले निर्णय गरेको थियो । महासंघले नेपाल नवीकरणीय ऊर्जा परिसंघसँग एकीकरणका सन्दर्भमा प्रक्रिया अगाडि बढाएको छ । परिसंघ नेपालमा नवीकरण ऊर्जा प्रविधि विकास र विस्तारमा लागि क्रियाशील रहेका निजी क्षेत्रका कम्पनीहरु र फर्महरुको छाता संगठन र गैरसरकारी संस्थाहरुको एकल संस्थाको रुपमा रहेको गैरनाफामूलक गैरसरकारी संस्था हो ।

बैठकमा परिसंघका अध्यक्ष गुणराज ढकालले महासंघसँग एकीकरण गर्न गरेको निर्णयसम्बन्धी जानकारीपत्र महासंघका अध्यक्ष श्यामप्रसाद गिरीलाई हस्तान्तरण गरेका थिए । बैठकमा महासंघका अध्यक्ष श्याम गिरी, निवर्तमान अध्यक्ष सुरेश प्रधान, वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंह, उपाध्यक्ष सूर्य कँडेललगायतको उपस्थिति थियो । बैठकले महासंघको विद्यमान विधानका केही दफाहरुमा संशोधन गर्ने निर्णय गर्दै संशोधित विधानका विषयमा आगामी वैशाख २५ गते विशेष साधारणसभामार्फत संशोधित विधान पारित गर्ने निणय समेत गरिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया