काठमाडौं ।
सेयर बजार परिसुचक पुन उकालो लागेको छ । अघिल्लो दिन २७ दसमलव ४१ अंकले उकालो लागेको बजार परिसुचक साताको तेस्रो कारोवार दिन आज मंगलबार पुन २७ दसमलव ४७ अंकले उकालो लागेर २६ सय ७३ दसमलव ३१ अंकमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दसमलव १२ अंकले उकालो लागेर चार सय ७८ दसमलव २४ अंकमा चढेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २० वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट ६२ हजार छ सय ५९ पटकको सेयर कारोवारमा एक करोड आठ लाख १९ हजार पाँच सय ३५ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोवार रकम पाँच अर्ब ८१ करोड छ लाख ७३ हजार ७१ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुह मध्ये सबै उपसमुहको सुचक उकालो लागेर सेयर बजार पुरै हरियो भएको छ । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा लगायतका सबै उपसमुहको सुचक उकालो लागेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया