Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएमसीसीका सहायक उपाध्यक्ष नेपालमा

एमसीसीका सहायक उपाध्यक्ष नेपालमा


काठमाडौं, माघ २६
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का बारेमा नेपालमा विभिन्न टीकाटिप्पणी भइरहेको बेलामा एमसीसीका सहायक उपाध्यक्ष जोनाथक ब्रुक्स नेपाल आएका छन् । बु्रक्स शुक्रबार चार दिने नेपाल भ्रमणका लागि आएका हुन् ।नेपाल बसाइका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवली, अर्थमन्त्री डा.युवराज खतिवडालगायत प्रमुख राजनीतिक दलका केही नेता तथा सरकारी अधिकारीहरुसँग भेटवार्ता गर्नेछन् ।

एमसीसी परियोजना नेपालको संसद्बाट अनुमोदन सहजीकरण गर्नको लागि उनी नेपाल आएको बुझिएको छ । एमसीसी परियोजना अमेरिकी सैन्य रणनीतिअन्तर्गत भएको भन्दै नेपालमा यसको विरोध हुँदै आएको छ । एमसीसी परियोजना राष्ट्रघाती भएको भन्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा सांसदहरुले नै यसको विरोध गर्दै आएका छन् ।

अमेरिकाले एमसीसी आफ्नो सैन्य रणनीतिअन्तर्गत नरहेको प्रस्ट पारे पनि नेपालमा यसको विरोध हुँदै आएपछि यसलाई पारित गराउन एमसीसीका सहायक उपाध्यक्ष ब्रुक्स आफैँ नेपाल आएका हुन् । उनी सोमबार फर्किने बताइएको छ । नेकपा केही सांसदले एमसीसीको विरोध गरे पनि प्रधानमन्त्री, मन्त्रीहरु, प्रमुख विपक्षी दल नेपाली कांग्रेस तथा नेकपाका अधिकांश सांसदहरु भने एमसीसी अनुमोदन गर्नुपर्ने पक्षमा रहेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x