Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकार्यसम्पादन मूल्याङ्कनमा पहिलो नम्बरमा केदारस्युँ गाउँपालिका

कार्यसम्पादन मूल्याङ्कनमा पहिलो नम्बरमा केदारस्युँ गाउँपालिका


बझाङ । कार्यसम्पादन मूल्याङ्कनमा बझाङका स्थानीय तहमा केदारस्युँ गाउँपालिका पहिलो नम्बरमा पर्न सफल भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनमा जिल्लाका १२ स्थानीय तहमध्ये केदारस्युँ गाउँपालिका पहिलो नम्बरमा देखिएको हो ।

प्रतिवेदनमा केदारस्युँ गाउँपालिकाले सबैभन्दा बढी ७३ दशमलव ६ प्रतिशत अङ्क पाएको छ । सुर्मा ६९ दशमलव ९३, छविसपाथिभेरा ६९ दशमलव ११, दुर्गाथली ६८ दशमलव ४७, थलारा ६६ दशमलव ८८, तलकोट ६५ दशमलव ७४, साइपाल ६५ दशमलव ४९ र बुंगल नगरपालिकाले ६१ दशमलव ९३ अङ्क पाएको छ । यसैगरी मष्टा गाउँपालिका ५६ दशमलव ६८, जयपृथ्वी नगरपालिका ५६ दशमलव ४९, खप्तडछान्ना गाउँपालिका ५६ दशमलव १० र वित्थडचिर गाउँपालिकाले ४२ दशमलव ७५ अङ्क पाएको छ । जिल्लामा सबैभन्दा कम वित्थडचिर गाउँपालिकाले ४२ दशमलव ७५ अङ्क पाएको हो ।

यही मूल्याङ्कनका आधारमा आयोगले आर्थिक वर्ष २०७९/८० का लागि संघबाट स्थानीय तहमा प्रदान हुने समानीकरण अनुदानको रकम सिफारिस हुने जनाइएको छ । आयोगले कार्यसम्पादन सूचक मूल्याङ्कनबाट प्राप्त अङ्क र तथ्याङ्क सार्वजनिक गरेको हो । आयोगले सार्वजनिक गरेको सूचकअनुसार संघीय सञ्चित कोषबाट प्रदेश र स्थानीय तहलाई समानीकरण अनुदान सिफारिस गर्ने गरिन्छ । सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्याङ्कसमेतको आधारमा आयोगले कार्यसम्पादन मूल्याङ्कन गरेर अङ्क प्रदान गरेको हो ।


क्याटेगोरी : नेपाल, समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x