काठमाडौ । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो आठ दशमलव ९० अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको पाँचौं कारोबार दिन आज बिहिबार २३ दशमलव ५१ अंकले ओरालो लागेर २२ सय ५० दशमलव ९१ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीह्रुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ८८ अंकले ओरालो लागेर चार सय ३७ दशमलव २१ बिन्दुमा खुम्चिएको छ । आज १३ वटा उपसमुहहरु अन्र्तगत दुई सय १९ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट २३ हजार पाँँच सय ६९ पटकको कारोबारमा ३७ लाख ९८ हजार दुई सय ६३ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल सेयर कारोबार रकम एक अर्ब ३० करोड नौं लाख ८१ हजार नौं सय ९६ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सामुहिक लगानी कोष उपसमुहको सुचक शुन्य दशमलव ११ अंकले उकालो लागेर बाँकी उपसमुहहरुको सुचक उच्च अंकले ओरालो लागेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया