Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबजार परिसुचक १९ सय २७ बिन्दुमा

बजार परिसुचक १९ सय २७ बिन्दुमा


काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन ७७ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार भने ११ दशमलव ६८ अंकले उकालो लागेर १९ सय २७ दशमलव २८ बिन्दुमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव शुन्य नौं अंकले उकालो लागेर तीन सय ६८ दशमलव ९५ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २६ वटा कम्पनीहरुको ३० हजार छ सय ९६ पटक कारोबार भएको छ । जसबाट ४९ लाख ६७ हजार पाँच सय ६१ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोबार रकम एक अर्ब ७० करोड ७७ लाख ५२ हजार नौं सय ७८ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार परिसुचक पुरै हरियो भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x