Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोषका सीईओलाई पद बहालीसँगै अख्तियारको ताकेता !

कोषका सीईओलाई पद बहालीसँगै अख्तियारको ताकेता !


काठमाडौं । नियुक्ति लिएर आएलगत्तै निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पठाएको पत्र थमाइएको थाहा भएको छ ।

उनले अर्थमन्त्री जनार्दन शर्माको अन्तिम नियुक्ति पाएका थिए । अर्थमन्त्री शर्माको सिफारिसमा उनी यही असार १६ गते कोषको सीईओ पदमा नियुक्त भएका थिए र १७ गते अर्थ मन्त्रालयमा नियुक्तिपत्र बुझेका थिए । लेखा प्रमुख विक्रान्त आचार्यको एउटा टोलीले अर्थ मन्त्रालयमै पुगेर उनलाई बधाई ज्ञापन गरेको थियो । आइतबार पनि कोषका केही व्यक्तिसँग बबरमहलतिर चिनापर्ची गरेपछि मात्रै उनी कार्यालयमा हाजिर हुनपुगेका थिए । उनी २२ गते बुधबार कार्यालयमा हाजिर हुनपुगेका थिए । उनी हाजिर हुन जानुअघि नै अख्तियारले अर्थ मन्त्रालयमार्फत पठाएको पत्र कोषमा पुगिसकेको थियो र त्यसलाई कर्मचारी युनियनका अध्यक्ष राम केसीले दर्ता गरेर लुकाएर राखेका थिए । उनी हाजिर हुन गएपछि केसीले उक्त पत्र अघि बढाएका थिए ।

नियुक्ति पाएकै दिन मन्त्रालयमा बधाई दिन र स्वागत गर्नपुगेका आचार्य उक्त पत्र अघि बढेर नवनियुक्त सीईओसमक्ष पुगेपछि हतास मनस्थितिमा सीईओलाई भेट्न उनको कार्यकक्षमा पुग्दा प्रक्रिया मिचेर यसरी भेट्न नआउनु भनेर सीईओ घिमिरेले सम्झाएपछि आचार्य सहयोगीसहित फर्किएका थिए । आचार्यले नियुक्तिपत्र नबुझ्दैदेखि घिमिरेलाई यसरी पिछा गर्नु र नजिकिन खोज्नुको मूल कारण अख्तियारको त्यही पत्र रहेको थाहा भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले कोषका सीईओको विज्ञापनलाई स्थगित गरेर गत मंसिर १३ गते सामान्य प्रशासन मन्त्रालयबाट काजमा अर्थ मन्त्रालयमा ल्याइएका उपसचिव अर्जुन भण्डारीलाई कोषको कामचलाउ सीईओ बनाएर पठाएका थिए । शर्मा यसअघि गृहमन्त्री हुँदा भण्डारीले उनको स्वकीय सचिवालयमा बसेर काम गरेका थिए । उनी कोषमा गएपछि आचार्यले विचार मिल्ने हाकिम पाएका थिए र यही मौका छोपेर उनले विभिन्न बैंकमा मुद्दती खातामा राख्नुपर्ने करोडौँ रुपैयाँ कल एकाउन्टमा राखेका थिए । मुद्दतीमा राख्दा १२ प्रतिशत ब्याज आउँछ भने कल एकाउण्टमा राख्दा २ प्रतिशतभन्दा बढी पाइँदैन । १ वर्षभर नै ५० करोडभन्दा नघटाउने ‘जेन्टलमेन एग्रिमेन्ट’ गरेर कल एकाउन्टमा रकम राख्दा कोषलाई वार्षिक रुपमा करोडौँ रुपैयाँ घाटा पुगेको थियो । बीचको १० प्रतिशत रकम कहाँ कसले कसरी व्यवस्थापन गरेका थिए, त्यो उनीहरुले नै जान्ने कुरा हो तर विचार मिल्ने हाकिम पाएको मौका पारेर कोषमा दरबन्दीविनाका केही व्यक्तिलाई नियुक्ति समेत दिएका थिए । आफ्नो सर पर्नेबित्तिकै उनीहरुले कोषकी डेपुटी सीईओ उषा पौडेललाई समेत बोर्ड बैठकमा बोलाउन छाडेका थिए ।

अर्थ मन्त्रालयका राजस्वसचिव कृष्णहरि पुष्कर कोषको सञ्चालक समितिको अध्यक्ष रहेका छन् । उपेन्द्र कुमार पौडेल संयोजक रहेको कोषको लगानी समितिलाई सुइँको समेत नदिई कल एकाउन्टमा करोडौँ लगानी भएको थियो । काम चलाउ सीईओ भण्डारीसँगको मिलेमतोमा भएको उक्त अनियमितता प्रकाशमा आएपछि यही असार ३ गते आन्तरिक लेखापरीक्षण प्रमुख समेत रहेका प्रवक्ता विनोद पन्तले गत जेठ ३० गतेको मिति राखी ‘ब्याक डेटेड’ प्रेस वक्तव्य निकालेर व्यक्तिमाथि लागेको अनियमितताको आरोपलाई संस्थागत रुपमा ढाकछोप गर्ने प्रयास गरेका थिए । त्यही अनियमिततामाथि अख्तियारले अहिले छानबिन सुरु गरेपछि कोषका प्रबन्धक आचार्यलगायतका केही व्यक्ति फत्र्याकफत्र्याक परेका हुन् । एनसेलको मोजमस्तीबाट आएका नयाँ सीईओ घिमिरेलाई पदबहालीसँगै अख्तियारको ताकेताले सातो खाएको थाहा भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x