Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘प्रधानमन्त्री रोजगार कार्यक्रमले विपन्न वर्गको आर्थिक अवस्था सुधार’

‘प्रधानमन्त्री रोजगार कार्यक्रमले विपन्न वर्गको आर्थिक अवस्था सुधार’


काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले प्रधानमन्त्री रोजगार कार्यक्रमले विपन्न वर्गको आर्थिक अवस्था सुधारमा टेवा पुगेको बताएका छन् । कैलालीको धनगढीमा मंगलबार प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन प्रक्रियामा सुधारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले यस कार्यक्रमले विपन्न नागरिकहरूलाई राहत मिलेको दाबी गरे ।

यस्तै स्थानीयस्तरमा आवश्यकताको पहिचान गरी सोहीअनुसार कार्यक्रम कार्यान्वयन गर्दा लक्षित वर्ग त्यसबाट प्रत्यक्ष लाभावन्वित हुने उनको भनाइ थियो । देश विकासमा युवा जनशक्तिको अनिर्वाय सहभागितामा जोड दिँदै उनले दक्ष युवा जनशक्ति उत्पादन र तिनीहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्नेतर्फ सबै तहका सरकारको गम्भीर ध्यान जानुपर्ने बताए ।

कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमका निर्देशक डण्डराज घिमिरेले कैलाली र कञ्चनपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनपछि भएका उपलब्धि र प्रभावकारी कार्यान्वयनका लागि भइरहेका समस्याका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा कैलालीका १३ र कन्चनपुरका नौ पालिकाका प्रतिनिधि दुई जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायत रोजगार संयोजकहरूको सहभागिता थियो । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x