नरैनापुरका किसानलाई विशेष राहत प्याकेजका लागि पहल गर्ने
काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले बाँकेको सुख्खा क्षेत्र नरैनापुरका किसानहरूका लागि विशेष राहत प्याकेज उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् । लामो समयदेखि वर्षा हुन नसक्दा खडेरीको सामना गरिरहेको नरैनापुर क्षेत्रको सोमबार स्थलगत निरीक्षण गर्दै उनले समस्या समाधानका लागि केन्द्रीय स्तरबाटै पहल गर्ने प्रतिबद्धता जनाएका हुन् ।
यस्तै उनले किसानहरूलाई भोकमरीबाट जोगाउन तीनै तहका सरकारले विशेष ध्यान दिनुपर्ने बताए । लामो समयदेखि पानी नपरेपछि धान बीउ सुकेर पराल भइसकेकाले नरैनापुरमा भोकमरीको त्रास बढेको छ । भदौको दोस्रो सातासम्म पनि पानी नपरेपछि नरैनापुरका किसानहरूको यो वर्षको खेतीको आश मारिसकेका छन् ।
अन्य क्षेत्रमा खेती लगाइसक्दा समेत आफूहरूले धान रोप्न नपाएको भन्दै नरैनापुरका किसानहरूले दुःख व्यक्त गरेका छन् । पानी पर्ला र छिटो खेती गरौँला भन्ने आशैआशमा बसेका कृषकहरूले तयार पारेको बीउ समेत सुकेर पराल बनेको छ ।
सिँचाइको सुविधा नभएकाले आकासेपानीको भरमा बसेका नरैनापुरका किसानहरू पानीविनाको माछाजस्तै बनेका छन् ।नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहका अनुसार यो वर्ष नरैनापुरमा भोकमरी हुने संकेत देखिएको छ । कृषकहरूलाई भोकमरीबाट बचाउन केन्द्र सरकारकाबाट राहत उपलब्ध गराउन साहले आग्रह गरेका छन् ।
खडेरीबाट उत्पन्न हुनसक्ने परिस्थिति भयावह हुनसक्ने भन्दै अध्यक्ष शाहले केन्द्र र प्रदेश सरकारले राहत प्याकेज उपलब्ध गराउनुपर्ने बताए । नरैनापुरमा तीन हजार नौ सय ६६ हेक्टर जमिन रहेको छ ।
जसमध्ये १५ प्रतिशत जमिनमा मात्र रोपाइँ भएको र समयमै पानि नपर्दा रोपेको धान समेत सुकेको नरैनापुर कृषि शाखा प्रमुख सदन भण्डारीले जानकारी दिए । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालका अनुसार नरैनापुरबाहेक बाँके जिल्लामा ९९ प्रतिशत रोपाइँ भइसकेको र नरैनापुरमा पानी नपर्दा रोपाइँ हुन नसकेको हो ।
रोपाइँको लागि तयार भएको बीउ सुकेर पराल भएको र पुनः बीउ राख्ने अवस्था नभएको कारण खेतीको आश मरिसकेको नरैनापुर ३ का किसान रामनरेश हरिजन बताउँछन् । सिक्टा सिँचाइ आयोजनाले नहर बनाउन ढिलो गरेकाले वर्षेबालीका लागि आकासेपानीको भर पर्नुपर्नेे भन्दै हरिजनले दुःख व्यक्त गरे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
- मोबाइलबाट दिनमा दुई लाख रुपैयाँसम्म कारोबार
- तलब, पेन्सन र सामाजिक सुरक्षाको रकम वृद्धि सरकारका लागि घाँडो
- २१ सय ११ बिन्दुमा खुम्चियो सेयर बजार
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया