११ वर्षपछि नेपाल सेयर मार्केट्स सञ्चालनमा ल्याउने तयारी
काठमाडौं । भनिन्छ, १२ वर्षमा खोलो पनि फर्किन्छ । नेपाली समाजमा चर्चित यो भनाइ समस्याग्रस्त अवस्थामा रहेको नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स कम्पनीको हकमा भने अलि फरक देखिएको छ । वि.सं. २०६८ पुस ८ गते समस्याग्रस्त घोषणा भएको यो फाइनान्स ११ वर्षको अवधिमा पुनः सञ्चालनमा ल्याउने तयारी सुरु भएको छ ।
नेपाल राष्ट्र बैंक स्वयंले समस्याग्रस्त अवस्थामा रहेको नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स कम्पनीलाई पुनः सञ्चालनमा ल्याउने तयारी गरेको हो । सोही तयारीस्वरुप राष्ट्र बैंकअन्तर्गतको वित्तीय संस्था सुपरिवेक्षण विभागले समस्याग्रस्त अवस्थामा रहेको उक्त फाइनान्सको व्यवस्थापन तथा सञ्चालनको लागि दुई जना व्यक्तिको दरखास्त आह्वान गरेको छ ।
राष्ट्र बैंकले गठन गरेको व्यवस्थापन समूहमा एक जना संयोजक र एक जना सदस्य रहनेछन् । यसअन्तर्गत संयोजक पदको लागि व्यवस्थापन, बैंकिङ, वित्तीय, अर्थशास्त्रलगायतमा स्नातकोत्तर गरेको हुनुपर्ने, बैंकिङ क्षेत्रमा १० वर्षको कार्यअनुभव भएको हुनुपर्नेलगायतका योग्यता राष्ट्र बैंकले तोकेको छ । यसैगरी सदस्य पदको लागि भने व्यवस्थापन, बैंकिङ, वित्तीयलगायतका विषयमा स्नातक गरेको हुनुपर्ने, चार्टर्ड एकाउन्टेन्सी (सीए) पास गरी पाँच वर्षको कार्यअनुभव भएको हुनुपर्नेलगायतका योग्यता तोकिएको छ । राष्ट्र बैंकका अनुसार योग्यता पुगेका नेपाली नागरिकहरुले आगामी असोज ६ गतेसम्म आवेदन दिनुपर्नेछ ।
के भएको थियो नेपाल सेयर मार्केट्समा ?
नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स कम्पनीमा भएको वित्तीय अपराधसम्बन्धी घटना नेपालको बैंकिङ क्षेत्रमा भएको पुरानो घटनामध्ये सबैभन्दा ठूलो घटना हो । उक्त घोटालामा प्रत्यक्षरुपमा जोडिएका व्यक्ति हुन् उक्त फाइनान्सका तत्कालीन अध्यक्ष योगेन्द्र प्रसाद श्रेष्ठ । अध्यक्ष श्रेष्ठकै संलग्नतामा उक्त फाइनान्समा वि.सं. २०६५ सालतिर ८८ जनाको नाममा रहेको एक अर्ब ९६ करोड पाँच लाख ४७ हजार रुपैयाँ कर्जा दुरुपयोग भएको थियो । सोही आधारमा श्रेष्ठलाई सवा दुई अर्बको बैंकिङ कसुरको मुद्दा लागेको थियो । उक्त मुद्दा लागेपछि अध्यक्ष श्रेष्ठ फरार रहेका थिए भने फाइनान्सलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको हो ।
बैंकिङ कसुरको अभियोगमा पक्राउ पुर्जी जारी भएपछि अध्यक्ष श्रेष्ठ फरार भई भारतमा लुकेर बस्दै आएका थिए । यसरी लुकेर बस्दै आएका श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले वि.सं. २०६८ असोज ११ गते भारतीय प्रहरी समेतको सहयोगमा धनगढीबाट पक्राउ गर्न सफल भएको थियो । सो पश्चात् उनलाई बैंकिङ कसुरको अभियोगमा बिगो, जरिवाना तथा जेल सजाय तोकिएको थियो । श्रेष्ठविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले पनि बैंकिङ कसुरबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।
नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स कम्पनीका तत्कालीन कार्यकारी अध्यक्ष समेत रहेका श्रेष्ठविरुद्ध दुई अर्ब ६६ करोड ६१ लाख गैरकानुनी आर्जन गरेको अभियोगमा मुद्दा दायर गरिएको थियो । उक्त फाइनान्समा योगेन्द्र श्रेष्ठसहित, रमेश मानन्धर, रिता जोशी, नरेश बहादुर मल्ल, अर्जुन कुमार श्रेष्ठलगायतका व्यक्तिहरुको प्रमुख सेयर लगानी रहेको थियो । समस्याग्रस्त भएपश्चात् उक्त फाइनान्समा सैनिक कल्याणकारी कोष, नागरिक लगानी कोष, प्रहरी कल्याणकारी कोष, कर्मचारी सञ्चय कोष लगायतका ठूला संस्थागत निक्षेपकर्तासहित सर्वसाधारणको अर्बौँ रुपैयाँ डुबेको थियो ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- के थियो प्रेम प्रसादले आत्मदाह गर्नु अघि सरकारलाई दिएको २५ बुँदे सुझाव ?
- झिनो अंकले ओरालो लाग्यो सेयर बजार
- छोरीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार
- ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा
- मेटलाइफ नेपाल पनि एनपीएसमा आबद्ध
- हिमालयन बैंकद्वारा थप दुईवटा भुक्तानी काउन्टर सञ्चालन
- तीव्र माग र आपूर्तिमा सुधारपछि टाटा मोटर्स नाफामा
- नदीक्षेत्र अतिक्रमणको प्रभाव
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया