Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमोरङका भूमिहीन दलित र सुकुम्वासीलाई लालपुर्जा वितरण

मोरङका भूमिहीन दलित र सुकुम्वासीलाई लालपुर्जा वितरण


काठमाडौं । मोरङका भूमिहीन दलित र सुकुम्वासीलाई लालपुर्जा वितरण गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले बुधबार जिल्लाको कानेपोखरी गाउँपालिकामा भूमिहीन सुकुम्वासी र दलित गरेर ३६ घरपरिवारलाई लालपुर्जा वितरण गरेकी हुन् ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति मोरङ मार्फत कानेपोखरी गाउँपालिकाको वडा नं. ६ का २७ भूमिहीन सकुम्वासी र ९ भूमिहीन दलित घरपरिवारलाई मन्त्री श्रेष्ठले लालपुर्जा वितरण गरिन् । मन्त्री श्रेष्ठले यही वर्षभित्रमा गाउँव्लक, पुनः नापी र विशेष नापीबाट बाँकी सम्पूर्ण गाउँव्लकमा लालपुर्जा वितरण गरिसक्ने गरी काम तीव्र पारिएको जानकारी दिइन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया