शहीद गौचनको पाँचौँ स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली सभा, गौचनको योगदानको चर्चा
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष शहीद शरदकुमार गौचनको पाँचौँ स्मृति दिवसको अवसरमा आइतवार महासंघ प्रांगण अनामनगरमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । सभामा वक्ताहरूले नेपालको निर्माण क्षेत्रको विकास विस्तारमा स्वर्गिय गौचनले निर्वाह गरेकोे महत्वपूर्ण भूमिकाको स्मरण गरेका थिए ।
विगतमा संघको रुपमा रहेको नेपाल निर्माण व्यवसायी संघलाई महासंघमा रुपान्तरण गर्न गौचनले दिएको योगदान प्रशंसनीय भएको वक्ताहरूको भनाइ थियो । महासंघका अध्यक्ष रवि सिंहले नेपालको निर्माण क्षेत्रलाई समृद्ध बनाउने गौचनको सपनालाई मूर्त रुप दिएमा उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने धारणा राखे । महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले निर्माण व्यवसायीहरूको विकासका लागि गौचनले सधैँ त्याग मात्र गरेको बताउँदै गौचनको जीवनीबाट व्यवसायीहरूले शिक्षा लिनुपर्ने बताए ।
महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (एडी)ले निर्माण उद्योगमा गौचनको योगदान अतुलनीय रहेको बताए । उपाध्यक्ष रामजी पन्त ‘मुकेश’ले गौचन आफूलगायत धेरै निर्माण व्यवसायीहरूको प्रेरणाको स्रोत भएको बताए । महासचिव रोशन दाहालले गौचन सबै निर्माण व्यवसायीहरूको सच्चा अभिभावक भएको बताए ।
सो अवसरमा गौचनको सम्झनामा एक मिनेट मौन धारण पनि गरिएको थियो भने महासंघ परिसरमा रहेको स्वर्गिय गौचनको अर्धकदको शालिकमा गौचनकी श्रीमती आशा गौचन, महासंघका अध्यक्ष, निवर्तमान अध्यक्ष, पूर्वअध्यक्ष तथा वर्तमान पदाधिकारीहरू, सदस्यहरू, कार्यालय प्रमुख प्रेम सिंह ऐर र महासंघका कर्मचारीहरूले माल्यार्पण गरेका थिए ।
गौचनको पाँचौँ स्मृति दिवसको अवसरमा सातै प्रदेश तथा ७७ जिल्ला निर्माण व्यवसायी संघहरुमा पनि विविध कार्यक्रम गरिएको छ । गौचनको २०७४ साल असोज २३ गते नयाँ वानेश्वरस्थित आफनो निवासबाट अनामनगरस्थित महासंघ कार्यालय आउने क्रममा उहाँको निवास नजिकै गोली हाली हत्या गरिएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया