Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआईजीपीबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै

आईजीपीबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक बस्दैछ । बैठक आज अपराह्न ४ बजे सिंहदरबारमा बस्न लागेको हो ।

आजको बैठकले महानिरीक्षक (आईजिपी) नियुक्ति हुने बताइएको छ। आजबाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकासमा जान लागेकाले नयाँ नियुक्तिको तयारी गरिएको हो । उनको अवकाससँगै ५ जना एआईजीहरु आईजीपीको दाबेदार रहेका छन् ।

वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य आइजिपीको दाबेदार छन् । मुख्य प्रतिस्पर्धा कुँवर र ज्ञवालीबीच हुने चर्चा छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया