Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारनगरपालिकाघरायसी विवादका कारण श्रीमतीको हत्या

घरायसी विवादका कारण श्रीमतीको हत्या


दमौली । भरुवा बन्दुकले हानेर तनहुँको व्यास नगरपालिकामा एकजनाले श्रीमतीको हत्या गरेका छन् । व्यास–५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले ४७ वर्षीया गीता आलेको हत्या गरेका हुन् ।

श्रीप्रसादले गए राति ११ बजे गीतालाई भरुवा बन्दुकले हानेर घाइते बनाएको र उनको दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

गए राति नै श्रीप्रसादलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घरायसी विवादका कारण उक्त घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : पालिका समाचार, नगरपालिका, बिबिध

तपाईको प्रतिक्रिया