Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसिटिईभिटीको प्रवेश परीक्षा स्थगित

सिटिईभिटीको प्रवेश परीक्षा स्थगित


काठमाडौं । आन्तरिक विवाद भएपछि प्राबिधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सीटीईभीटी)परीक्षा नियन्त्रण कार्यालयले प्रि–डिप्लोमा र डिप्लोमा/प्रमाणपत्र तहका सम्पूर्ण प्रवेश परीक्षा स्थगित गरेको छ । परिषदका सदस्य सचिव जीवनारायण काफ्लेको जबरजस्ती सिट निर्धारण गरेर भर्ना खोलेपछि चिकित्सा शिक्षा आयोगले प्रवेश परीक्षा नै स्थगित गरिदिएको हो ।

कानुनः सदस्य सचिव काफ्लेले पदावधि समाप्त भएपछि पनि सिट निर्धारण र भर्ना गर्न स्वीकृत गरेपछि मन्त्रालयले आपत्ती जनाएको थियो । त्यही कारण प्रवेश परीक्षा स्थगित भएको परिषद् स्रोतले जानकारी दिएको छ । यही २४ र २६ गते परीक्षा तोकिएको थियो । परीक्षा सञ्चाालन गर्न बसेको सुरक्षा समितिको बैठकमा मन्त्रालयका प्रतिनिधिले विवाद समाधान नभएको कारण परीक्षा रोक्नुपर्ने बताएका थिए ।

परीक्षा सुरक्षा समितिका संयोजक शिक्षा सचिव सुरेश अधिकारीले मन्त्रालयले कारबाही गरेको सदस्यसचिवले गरेको प्रकृया कानुन सम्मत नरहेको बताउँदै परीक्षा रोक्नुपर्ने बताएका थिए । परिषद्का अध्यक्ष शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री अशोककुमार राईको रोहवरमा बसेको सुरक्षा समितिको बैठकमा सदस्य सचिवको बैधताको प्रश्न उठेको थियो ।

सुचनामा डिप्लोमा/प्रमाणपत्र तह छात्रवृत्ति तर्फको र प्रि–डिप्लोमा तहको वर्गीकृत प्रवेश परीक्षा प्रवेश परीक्षा आगामी भदौ २ गते बिहान ८ बजेदेखि र दिउँसो १ बजेदेखि क्रम्शः सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसैगरी डिप्लोमा/प्रमाणपत्र तहको पूर्ण शुल्कीय तर्फको सम्पूर्ण कार्यक्रमहरूको प्रवेश परीक्षा भदौ ६ गते बिहान ८ बजे र प्रि–डिप्लोमा तहको पूर्ण शुल्कीय तर्फको सम्पूर्ण कार्यक्रमहरूकोे प्रवेश परीक्षा सोही दिन दिउँसो १ बजेदेखि सञ्चालन उल्लेख छ । शैक्षिक सत्र २०८०/०८१ का लागि गत असार २९ र ३० गते प्रकाशित प्रवेश परीक्षाका लागि आवेदन दिने म्याद थप गरी सीटीईभीटीले साउन २६ गते सम्म तय गरेको छ । चिकित्सा शिक्षा आयोग र सीटीईभीटीबीचको विवादको कारण सयौ विद्यार्थी पढ्नबाट बञ्चित भएका छन् । आयोगको अधिकार हस्तक्षेप गर्दै परिषद्ले प्रमाणपत्र तहका नर्सिङ, फार्मेसी, ल्याब असिष्टेण्ड, डेन्टल हाइजेनिष्ट लगायत स्वास्थ्यसँग सम्बन्धित विभिन्न विषयको अध्ययन गर्ने संस्थालाई सम्बन्धन दिने, सिट निर्धारण गर्ने, भर्ना आह्वान गर्ने, परीक्षा सञ्चालनगर्ने, परीक्षाफल सार्वजनिक गर्ने लगायतका कार्य गर्दै आएको छ ।


क्याटेगोरी : बिबिध
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया