Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधतीन सय ८८ उद्यमीलाई प्रमाणपत्र

तीन सय ८८ उद्यमीलाई प्रमाणपत्र


काठमाडौं । कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्रले तीन सय ८८ जना उद्यमीलाई प्रमाणपत्र वितरण गरेको छ । केन्द्रमार्फत सीपमूलक तालिम लिएर उद्यमशीलतामा लागेका उद्यमीलाई प्रमाणपत्र वितरण गरिएको हो ।

सीपमूलक तालिम नपाएर बेरोजगार बनेका अतिविपन्न वर्गका युवा युवतीहरू केन्द्रले दिएको सीपले रोजगार बनेको केन्द्रले जनाएको छ । सीटीईभीटीबाट सहभागीको इच्छाअनुसार नै विभिन्न सीप हासिल गरेका सहभागीले बेरोजगारबाट रोजगार भएर घर चलाउन सक्षम बनेको बताएका छन । उनीहरूले संघ, प्रदेश र स्थानीय सरकारले बेरोजगारी अन्त्य गर्न समेत सीपमूलक तालिम दिनुपर्ने भए पनि एक निजीस्तरको संस्थाले गरेको कार्य अतुलनीय रहेको ब्युटिसियन मलिसा घिसिङले बताइन् ।


क्याटेगोरी : बिबिध
ट्याग : #Page 9

तपाईको प्रतिक्रिया