एक महिनापछि जिल्ला अस्पताल फाप्लुमा अप्रेसन सुरु
सोलुखुम्बु । विशेषज्ञ चिकित्सक नहुँदा करिब एक महिनादेखि बन्द भएको अप्रेसन सेवा पुनः सुरु भएको छ । एमडीजीपी डाक्टर नहुँदा साउन १ गतेबाट ठप्प बनेको अप्रेसन सेवा करिब एक महिनापछि आजबाट सुरु भएको हो ।
जिल्ला अस्पतालमा मातृ तथा नवशिशु कार्यक्रम काठमाडौंले विशेषज्ञ डाक्टर सुरेन्द्र शाक्यलाई खटाएको अस्पतालका निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिइन् । उनका अनुसार डा शाक्य सोमबार बेलुका अस्पतालमा आइपुगेसँगै मंगलबार २४ सै घण्टा अप्रेसन सेवा सुरु भएको हो । उनलाई एक वर्षको करार सम्झौता गरी मन्त्रालयले खटाएको अस्पतालले जनाएको छ । यसअघि करारको विशेषज्ञ डाक्टर अजय चौधरीको करार सम्झौता अवधि सकिएसँगै यही साउन १ गतेदेखि जिल्ला अस्पताल विशेषज्ञ डाक्टरविहीन भएको थियो । सोही कारण अस्पतालको अप्रेसन सेवा रोकिएको थियो । यद्यपि अस्पतालमा मेडिकल अधिकृत(बिरामी जाँच गर्ने) डाक्टर तीन जना रहेका थिए । उनीबाट उपचार सेवा नियमित प्रवाह भइरहेको अस्पताल निःप्रमुख शेर्पाले बताइन् ।
यससँगै जिल्ला अस्पतालमा कुल डाक्टरको संख्या चार पुगेको छ । अब गर्भवती, सुत्केरी तथा अन्य अप्रेसन गर्नुपर्ने बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्य हटेको फाप्लु अस्पतालले जनाएको छ । अस्पतालमा विशेषज्ञ चिकित्सक व्यवस्थापनका लागि सोलुदूधकुण्ड नगरपालिका, अस्पताल व्यवस्थापन समितिलगायतले सहयोग र समन्वय गरेको जनाइएको छ ।
क्याटेगोरी : बिबिध
ट्याग : #Page 12
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया