नेपालको पूर्वाधार विकासमा साउदीको चासो, मन्त्री ज्वालासँग छलफल
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र नेपालका लागि साउदी अरबका राजदूत साद नासिर अब्दुल्लाह अबु हमिदबीच पूर्वाधार विकास र आयोजना साझेदारीका विषयमा छलफल भएको छ । आज भएको भेटवार्तामा मन्त्री ज्वालाले साउदी अरब रोजगारीको गन्तव्य भएको बताउँदै अब भौतिक पूर्वाधार र यातायातका क्षेत्रमा पनि साझेदारी गर्नुपर्ने बताए । ‘साउदीमा नेपालीको श्रमले ठूलो भौतिक विकास भएको छ, त्यहाँको स्रोत, साधन र प्रविधि नेपालको भौतिक विकासमा आवश्यक छ’, मन्त्री ज्वालाले भने, ‘साउदी अरबमा करिब चार लाख नेपाली कामदारले श्रम गरिरहेका छन् । उनीहरूले पनि केही दक्षता पाएकै छन्, त्यो दक्षता भौतिक विकासमा लगाउन हामी तयार छाँै, त्यसका लागि साउदी सरकारको सहयोग हामीलाई आवश्यक छ ।’
साउदी सरकारले साउदी विकास कोषमार्फत नेपालको भौतिक पूर्वाधारको विकासमा सहयोग गरेको भन्दै मन्त्री ज्वालाले विकास परियोजना बढाउन आग्रह गरे ।
‘नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट विकसित मुलुकमा स्तरोन्नति हुँदै छ, त्यसका लागि विकासलाई तीव्रता र दिगोपना सुनिश्चित गर्न पूर्वाधार क्षेत्रमा थप लगानी र सहायता आवश्यक छ’, मन्त्री ज्वालाले भने ।
साउदी राजदूत हमिदले नेपालको पूर्वाधार तथा यातायातका क्षेत्रमा सहकार्य गर्न आफूहरू तयार रहेको बताए । ‘पूर्वाधार विकासमा साझेदारी गर्न हाम्रो देश तयार छ, तर त्यसका लागि ठोस प्रस्ताव नेपाल सरकारले दिनुप-यो’, राजदूत हमिदले भने । साउदी अरेबियाले वर्ल्ड एक्पो, २०३० आयोजना गर्नका लागि उम्मेदवारी दिएको छ । साउदीसँगै दक्षिण कोरिया र इटालीले पनि आयोजनाका लागि उम्मेदवारी दिएका छन् । तर, नेपालले साउदी अरबलाई सहयोग गर्ने निर्णय गरिसकेको मन्त्री ज्वालाले बताए ।
क्याटेगोरी : बिबिध
ट्याग : #Page 7
ताजा अपडेट
- बझाङमा आजै दुईचोटी गएको भूकम्पले क्षति
- आरजुलाई २ करोड दिएको अडियो सार्बजनिक गरेपछि फिदिम नगर सभापति गुरुङमाथि कांगेसको दण्ड ! के हो २ करोड काण्ड ?
- निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो: डा. उप्रेती
- १९ सय ५८ बिन्दुमा खुम्चियो सेयर बजार, सबै सुचक रातै
- बाजुरामा ५.३ रेक्टरको भूकम्प
- व्यक्तिहत्याका रिगलको कैद सजाय माफीविरुद्ध रिट
- नेपालगञ्जमा कर्फ्यू जारी भएसँगै स्थिति सामान्य
- तनहुँमा फस्टाउँदो ड्रागन खेती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया