तुइनको माध्यमबाट एक दर्जन गाडी कोशी तारियो
सोलुखुम्बु । सोलुखुम्बुको दूधकोशी पारी फसेका एक दर्जन जिप तथा बोलेरो तुइनकोे माध्यमबाट कोशी तारिएको छ । दूधकोशीमा आएको बाढीका कारण बेलिब्रिज क्षतिग्रस्त भएपछि कोशीपारि फसेका १२ वटा गाडी तुइनको माध्यमबाट तरिएको हो ।
गत भदौ ७ बिहिबार आएको बाढीका कारण थुलु दूधकोशी गाउँपालिका र सोताङ गाउँपालिकाको सिमाना दिप्लीघाटस्थित दूधकोशीमाथिको बेलीब्रिजमा क्षति पु¥याएको थियो । बेलिब्रिज क्षतिग्रस्त भएपछि जिल्लाको कोशीपारिका पालिकाहरू सोताङ र महाकुलुङ गाउँपालिका क्षेत्रमा गएका ६० भन्दा बढी सवारी रोकिएको थियो । ती सवारी साधनमध्ये १२ वटा जिप तथा बेलेरोलाई हाइड्रोपावरको समन्वयमा तुइनको माध्यमबाट कोशीवारि तारिएको महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्यबहादुर कुलुङले जानकारी दिए । उनका अनुसार सोताङ, महाकुलुङ र थुलुङ दूधकोशी गाउँपालिकाको समन्वयमा सवारीलाई तारिएको हो । सवारी उद्धारका लागि थुलुङ दूधकोशी गाउँपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गरेको गाउँपालिका अध्यक्ष असिम राईले बताए । कमाई गर्ने गाडी नै कोशीपारि फसेपछि सवारी धनीहरू मर्कामा परेकाले स्थानीय सरकारले सहयोग गरेको अध्यक्ष राईको भनाइ छ । अन्य सवारी साधन पनि उद्धार गर्ने कार्य भइरहेको अध्यक्ष राईले बताए ।
दूधकोशी नदीमा आएको बाढीले थुलुङ दूधकोसी–८ र सोताङ–१ जोड्ने दिप्लीघाटस्थित बेलिब्रिज बगाएपछि सवारीसाधन कोशीपारि नै रोकिएको थियो । भदौ ७ गते रातभर परेको अविरल वर्षात्का कारण भदौ ८ गते बिहान दिप्लीघाटस्थित दूधकोशी किनारमा रहेको एउटा जेसीबी, एउटा जेनेरेटर र एउटा सिमेन्ट फिट्ने मिक्चर बाढीले बगाएको थियो । नदी कटानका कारण थुलुङ दूधकोशी ८ तर्फको तीन घर जोखिममा परेको थियो । बाढीले मोटरेबल पुलको पिलरमै पुगेसँगै जिल्ला सदरमुकाम र कोशीपारिका क्षेत्रहरू सोताङ र महाकुलुङको सवारी आवागमन ठप्प बनेको छ । हाल कोशीपारि जाने सवारी साधन तथा कोशीपारिबाट सल्लेरी, काठमाडौंलगायतका स्थानका लागि सञ्चालन हुँदै आएको यातायात सञ्चालन अवरुद्ध भएको छ । उक्त पुल कोशीपारिका क्षेत्र जाने एक मात्र सडक मार्ग हो ।
सिधा सडक सञ्चालन बन्द भएपछि जिल्लाको कोशीपारिका दुई पालिका सोताङ र महाकुलुङ गाउँपालिकामा दैनिक उपभोग्य वस्तुको मूल्यमा पनि भारी वृद्धि भएको स्थानीयले बताएका छन् । कोशीमा बेलिब्रिज निर्माण गर्न सोताङ, महाकुलुङ र थुलुङ दूधकोशी गाउँपालिकाका जनप्रतिनिधिहरू लागि परेका छन् । बेलिब्रिज निर्माणको चरणमा रहेकाले केही महिनापछि सिधा सवारी सञ्चालन हुने थुलुङ दूधकोशी गाउँपालिका ७ का वडाध्यक्ष भोजराज कार्कीले बताए ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, बिबिध
ट्याग : #Page 8
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया