Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधपुलचोक–गोन्द्राङ छ लेन सडक निर्माण द्रूत गतिमा

पुलचोक–गोन्द्राङ छ लेन सडक निर्माण द्रूत गतिमा


काठमाडौं । निर्माणाधीन पुलचोक–गोन्द्राङ छ लेन सडकको काम द्रूत गतिमा अघि बढेको छ । भरतपुरको मुख्य प्रवेशद्वार र पूर्व–पश्चिम राजमार्गमा पर्ने यो सडकको अहिले वीरेन्द्र क्याम्पसचोकदेखि लायन्सचोकसम्म तीव्ररूपमा काम अगाडि बढेको छ । बजार क्षेत्रमा रहेको खानेपानी र ढलको समस्या समधान भएसँगै कामले गति लिएको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भ्रमण वर्षको औपचारिक कार्यक्रम सुरु हुनभन्दा अघि नै धुलोमुक्त सडक निर्माण गरी सक्न निर्माण कम्पनीसँग सहमति भएको बताइन् । निर्माण कम्पनीसँग पटक–पटक छलफल र संवाद गरी निर्माणलाई छिटो र गुणस्तरीय ढङ्गबाट सम्पन्न गर्न अनुरोध गरिएको उनले जानकारी दिइन् । सडकको गोन्द्राङदेखि चौबिसकोठीसम्मको फाइनल कालोपत्रे गर्ने काम एक महिनासम्म सक्ने गरी काम अगाडि बढाइएको निर्माण कम्पनी सगुन जेभीले जनाएको छ । यस्तै, पुल्चोकदेखि लायन्सचोकसम्म एक तहको कालोपत्रेको काम भइसकेको छ । महानगरपालिका कार्यालयदेखि लायन्सचोकसम्म खानेपानीको लाइन, दुईवटा कल्भर्ट र ओरालो भूभाग भएकाले काम गर्नलाई कठिनाइ भएको थियो ।

भरतपुर भ्रमण वर्ष २०२४ जनवरी १ गतेदेखि औपचारिक उद्घाटन गर्ने कार्य तालिका तय गरिएको भए पनि मुख्य सडक, मुग्लिन–नारायणगढ सडक, नारायणगढ पुलचोक सडक तीव्र निर्माणको काममा रहेकाले भ्रमण वर्षलाई आगामी फागुन १८ गते गर्ने गरी समय तोकिएको छ । निर्माण कम्पनीका अनुसार यो सडक फागुनको पहिलो हप्तासम्म एक तहको कालोपत्रे गरी सक्ने सहमति गरिएको छ । सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार गोन्द्राङदेखि चौबिसकोठीसम्म फाइनल कालोपत्रे र सकेसम्म रङ रोगनको काम गर्ने अघि बढेको छ । यस्तै, निर्माण कम्पनीलाई रोकिएको भुक्तानी दिन अर्थ मन्त्रालयमा फाइल पठाइएको उनले बताए ।

पुल्चोक–गोन्द्राङ छ लेन सडकका कन्ट्याक्ट म्यानेजर सुनिल ढुङ्गानाका अनुसार सडको भौतिक प्रगति ७५ र वित्तीय प्रगति ६५ प्रतिशत भएको छ ।


क्याटेगोरी : बिबिध
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया