Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमहन्थ र बाबुरामबीच वरीयता टक्कर

महन्थ र बाबुरामबीच वरीयता टक्कर


काठमाडौँ, जेठ २६
जनता समाजवादी पार्टी नामको दलमा एक नम्बरमा को बस्ने भन्नेमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र महन्थ ठाकुरबीच विवाद भए पनि दल दर्ताका लागि आइतबार निर्वाचन आयोगमा कागजात बुझाएको छ । भट्टराईले उक्त पार्टीमा आफू सबै भन्दा वरिष्ठ हुनुपर्ने माग गरे पनि महन्थले किचलो झिकेपछि पूर्वकम्युनिष्ट डा. भट्टराईको स्थान चौथोमा पुगेको छ । कतिपयले वरीयतामा सबैभन्दा माथि बस्न नपाएपछि भट्टराईले नै चौथो स्थान रोजेको बताएका छन् ।

विवादका बीच समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भई बनेको जनता समाजवादी पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा आवश्यक कागजपत्र भने बुझाएको छ । सो पार्टीले दल दर्ताका लागि आइतबार आयोगलाई निवेदनसहित दलको आवश्यक कागजात बुझाएको हो । जनता समाजवादी पार्टीको दर्ता नम्बर १३९२ भएको नेता राजेन्द्र महतोले सञ्चारकर्मीहरुलाई जानकारी दिए । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरुको घोषणा गरिएको छ । सो पार्टीको अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहेका छन् । त्यस्तै नेताहरुमा राजेन्द्र महतो, डा बाबुराम भट्टराई, अशोक राई वरिष्ठ नेताका रुपमा छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया