Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधअपहरित भएको भनी झुक्याउने पक्राउ

अपहरित भएको भनी झुक्याउने पक्राउ


काठमाडौं, साउन ८
ऋण रकम नतिर्नका लागि अपहरणमा परेको भनी झुक्याएको आरोपमा प्रहरले एक युवालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–४ चुनदेवी बस्ने ३० वर्षीय शक्तिराज रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो । गत असार २४ गतेदेखि घरबाट सम्पर्कविहीन भएका उनी अपहरणमा परेको हुनसक्ने सूचना साउन २ गते प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखाले खोजी कार्य तीव्र बनाएको थियो । सो क्रममा प्रहरीले काठमाडौं नयाँबसपार्कस्थित सुगन्ध होटलमा मंगलबार राति रेग्मीलाई फेला पारेको हो ।

अपहरणको नाटक गरी उक्त होटलमा युवतीसँग बसेको अवस्थामा फेला परेका रेग्मीले विभिन्न व्यक्तिहरूसँग जग्गा व्यवसाय गर्छु भन्दै करोडौँ रूपैयाँ लिएको र उक्त रकम तिर्नु नपरोस् भनी अपहरणको नाटक गरेको खुल्न आएको प्रहरीले जनाएको छ । अपहरणमा नपरेका रेग्मीले प्रहरीलाई अनावश्यक हैरानी दिई राज्यको स्रोत साधनहरूको समेत दुरूपयोग भएकोले आवश्यक कारबाहीको लागि सम्बन्धित कार्यालयमा पठाइएको उक्त महाशाखाले जानकारी दिएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x