Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकोरोनाको हटस्पट वीरगञ्जमा निषेधाज्ञा कडाइ गर्न सडकमा सेना परिचालन

कोरोनाको हटस्पट वीरगञ्जमा निषेधाज्ञा कडाइ गर्न सडकमा सेना परिचालन


सन्तोष पौडेल
बीरगञ्ज, भदौ १
कोरोनाको हटस्पट बन्दै गएको पर्साको वीरगञ्जमा जारी निषेधाज्ञालाई थप कडाइ गर्न सडकमा सेना परिचालन गरिएको छ । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञालाई स्थानीयले अवज्ञा गरेको कारण कोरोना संक्रमणमा वृद्धि भएको भन्दै स्थानीय प्रशासनले आइतबारदेखि सडकमा सेना परिचालन गरेको हो ।
यता वीरगञ्जवासीले भने स्थानीय प्रशासनको मातहतमा रहेको नेपाल प्रहरी र शसस्त्र प्रहरीले आर्थिक प्रलोभनमा परी सीमाबाट खुलारूपमा सर्वसधारणलाई आवतजावत गर्न छुट गरेपछि वीरगञ्ज कोरोनाको हटस्पट बन्न पुगेको आरोप लगाएका छन् ।

कोरोनाले जनप्रतिनिधि, स्वास्थ्यकर्मीलगायत सर्वसाधारण संक्रमित हुने क्रम बढिरहेको छ । त्यस्तै मृत्यु हुनेमा पनि सबैभन्दा बढी पर्साका नै रहेका छन् । पर्सामा हालसम्म कोरोना संक्रमितको संख्या एक हजार दुई सय नाघिसकेको छ ।

वीरगञ्जमा नारायणी अस्पतालको मातहतमा रहेको दुईवटा अस्थायी कोभिड अस्पताल सञ्चालनमा छन् । गण्डक अस्थायी कोभिड अस्पतालमा ६९ जना उपचाररत छन् । तीमध्ये १० जना आईसीयूमा छन् । वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा एक सय तीन जना संक्रमित भर्ना भएका छन् । तीमध्ये २६ जना आईसीयूमा छन् । नारायणी अस्पतालको आइसोलेसनमा पाँच जनाको उपचार भइरहेको छ ।

यसबाहेक वीरगञ्जका होटल, धर्मशाला, विद्यालय, निजी अस्पताललगायतमा सञ्चालित सेमी–आइसोलेसनमा दुई सय ३९ जनाको उपचार भइरहेको छ । तीन सय ७४ जना संक्रमित भने होम आइसोलेसनमा छन् । संक्रमितमध्ये ८० प्रतिशत लक्षणसहितका बिरामी छन् । आईसीयूमा राखिएका बिरामीको अवस्था त्यति धेरै जटिल नरहेको बताइएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x