Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधहरि अधिकारीद्वारा लिखित ‘संकलित गद्यरचना’ लोर्कापण

हरि अधिकारीद्वारा लिखित ‘संकलित गद्यरचना’ लोर्कापण


काठमाडौं ।
कवि तथा लेखक हरि अधिकारीद्वारा लिखित ‘संकलित गद्यरचना’को शनिबार राजधानीमा लोकार्पण गरिएको छ । वरिष्ठ साहित्यकार धुव्र सापकोटाले कृतिको विमोचन गर्दै नेपाली गद्य साहित्यका लागि अधिकारीको कृति महत्वपूर्ण दस्तावेज भएको टिप्पणी गरे ।

अधिकारीको लेखन कलालाई आफूले धेरै पहिलेबाट चिनेको प्रसङ्ग उल्लेख गर्दै सापकोटाले लालित्यपूर्ण भाषामा लेखिएका उनका लेखहरूबाट नयाँ पुस्ताले धेरै कुरा सिक्नसक्ने बताए । समालोचक शरच्चन्द्र वस्तीले अधिकारीको लेखनशैली उच्चकोटीको रहेको भन्दै कृतिमा सङग्रहित सबै रचनाहरूको विशिष्ट महत्व रहेको बताए । इतिहासका पात्रहरूको सजीव चित्रणले कृतिलाई पठनीय बनाएको उनले बताए ।

साहित्यकार धुव्र मधिकर्मीले कुनै पनि विषयमा निर्भीक भएर लेख्नु नै बहुप्रतिभाशाली अधिकारीको लेखकीय विशेषता भएको धारणा राखे । समालोचक राजकुमार बानियाँले अधिकारीको लेखलाई ‘दृश्यमान शब्दहरूको मोहक नृत्य’को संज्ञा दिँदै लेखन दुनियाँमा कसैले पनि अधिकारीलाई नजरअन्दाज गर्न नसक्ने दाबी गरे । लेखक निर्मल अर्यालले भाषामा बेजोड पकड भएका अधिकारी नेपाली साहित्य तथा पत्रकारितामा धेरैका लागि ‘रोल मोडल’ भएको धारणा राखे ।

प्रकाशक आशुतोष अधिकारीले सबैको साथ सहयोगबाट नै छोटो समयमा कृति प्रकाशनमा ल्याउन सकिएको बताए । राजनीति, साहित्य, यात्रा संस्मरण, व्यक्तित्व चर्चा, संस्मरण सहित कृतिमा विभिन्न शीर्षकमा २३ वटा निबन्ध संग्रहित छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया