Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसात हजार पाँच सय ५३ विद्यालय पुनर्निर्माण चालू आवमै

सात हजार पाँच सय ५३ विद्यालय पुनर्निर्माण चालू आवमै


काठमाडौं ।
सरकारले यही आर्थिक वर्षमा भूकम्पबाट क्षतिग्रस्त भएका सात हजार पाँच सय ५३ विद्यालय पुनर्निर्माणको काम सम्पन्न गर्ने भएको छ । शिक्षा पत्रकार सञ्जाल, नेपालले शुक्रवार यहाँ आयोजना गरेको कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ आयोजना (शिक्षा)का निर्देशक रामशरण सापकोटाले सात हजार पाँच सय ५३ विद्यालयमध्ये छ हजार दुई सय ४६ वटा भवनको पुनर्निर्माण भइसकेको र बाँकी एक हजार तीन सय सात विद्यालय असारसम्म पुनर्निर्माण गरिने जानकारी दिए ।

आयोजनाले भूकम्पबाट क्षतिग्रस्त भएका ३१ जिल्लाका सात हजार पाँच सय ५३ विद्यालयको पुनर्निर्माण विसं २०७२ बाट गर्न थालेको हो । विसं २०७२ को भूकम्पले अतिप्रभावित १४ र कम प्रभावित १७ जिल्लाका नौ हजार ७२ विद्यालयका ५४ हजार पाँच सय ८४ कक्षा कोठामा क्षति पुगेको थियो । क्षति भएकामध्ये एक हजार पाँच सय १९ विद्यालयको पुनर्निर्माणको काम हुननसकेको उनले जानकारी दिए । जग्गा विवाद, पुरातत्वको कारणले ती विद्यालयको पुनर्निर्माण हुननसकेको आयोजना प्रमुख सापकोटाले जानकारी दिए ।

अहिलेसम्म सात हजार पाँच सय ५३ विद्यालयका ४८ हजार सात सय ११ कोठामध्ये ३५ हजार ५८ कोठा सम्पन्न र १३ हजार छ सय ५३ कोठा अन्तिम चरणमा रहेका छन् । यस्तै पाँच हजार ३६ शौचालयमध्ये दुई हजार सात सय सात सम्पन्न र दुई हजार तीन सय २९ निर्माणाधीन रहेका छन् । यस्तै एक हजार सात सय एक खानेपानीमध्ये दुई सय १६ सम्पन्न र एक हजार चार सय ८५ निर्माणाधीन रहेका छन् । क्षति भएकामध्ये तीन सय २७ वटा विद्यालय मर्ज भएका र एक सय ५३ विद्यालय सञ्चालनमा रहेका छैनन् ।

एकाइका आयोजना निर्देशक सापकोटाले दातृनिकायबाट अनुमान गरिए जति प्राप्त नभएकोले रकम अभावको समस्या रहेको भन्दै अबदेखि भूकम्पले क्षतिग्रस्त भएका त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पस र प्राविधिक शिक्षालयको पुनर्निर्माण कार्य थालिने बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया