Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधहाड्रोपावरमा एक महिनाभित्र तीन कामदारको मृत्यु

हाड्रोपावरमा एक महिनाभित्र तीन कामदारको मृत्यु


सोलुखुम्बु । जिल्लामा निर्माणाधीन सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा एक महिनाभित्र तीन जना कामदारको दुर्घटनामा परि ज्यान गएको छ । थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ३ पञ्चन क्षेत्रमा निर्माणाधीन हाइड्रोपावरमा करिब एक महिनाको अवधिमा तीन जनाको ज्यान गएको हो ।

गत पुस ११ गते हाइड्रोपावरको पाइप पड्कँदा दुई इन्जिनियरहरू इन्जिनियर अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको थियो भने मोहम्मद रायन घाइते भएका थिए । उक्त घटनाको ठीक ३२ दिनपछि माघ १३ गते सोही स्थानको सुरुङमार्गमा जाने क्रममा बकेट चुँडिदा एक जना कामदारको ज्यान गएको छ भने एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको थियो । सुरुङभित्र बेपत्ता बनेका बाराको कोलभी नगरपालिका १ का २४ वर्षीय राकेश चौधरीको शव नेपाली सेना, नेपाल प्रहरी र आयोजनाको कर्मचारीहरूले तीन दिनपछि शनिबार दिउँसो १६० मिटर गहिराइमा फेला पारेका छन् ।

घाइते पर्साको पटेरवा गाउँपालिका ४ का २० वर्षीय अंगत राय थारुको काठमाडौँको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । यस अघि दुई जना इन्जिनियरको मृत्यु भएपछि घटनाबारे छानबिन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पुस १३ गते सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x