Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधक्वालिटी सपमा आगलागी

क्वालिटी सपमा आगलागी


विराटनगर । सुनसरी मोरङ औद्योगिक करिडोरको कटहरी गाउँपालिकामा सञ्चालन हुँदै आएको क्वालिटी सपमा शनिबार राति भीषण आगलागी भएको छ । विराटनगरमा रहेको कावरा ग्रुपले सञ्चालन गर्दै आएको उक्त क्वालिटी सपमा रहेको साबुन बनाउन प्रयोग हुने व्वाइलरको प्लान्टमा राति एक्कासि आगो लागेको हो ।

उद्योग सञ्चालक घनश्याम कावराले साबुनको व्वाइलरमा भएको विद्युत् सर्टबाट आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जानकारी दिए । आगलागीबाट साबुन वनाउन प्रयोग गरिने कच्चा पदार्थ भरिएका प्लास्टिका ड्रम सबै जलेर काम नलाग्ने अवस्थामा पुगेको छन् । सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालन हुँदै आएको क्वालिटी सप धेरै लामो समयदेखि सञ्चालनमा रहेको सबैभन्दा पुरानो उद्योग हो ।

धेरै लामो समयको कालखण्डलाई झेल्दै विभिन्न अवरोधका बीचमा पनि उद्योग निर्बाधरूपमा सञ्चालन हुँदै आएको थियो । उद्योगी कावराले आगलागीबाट के–कति क्षति भयो र के–कति काम लाग्ने अवस्थामा छ भन्ने यकिन अहिले नै गर्न नसकिने जानकारी दिए । आगलागी भएको क्वालिटी सप रहेको स्थानमा क्वालिटी थाइफुड्स र क्वालिटी रिफाइनरी गरी तीन उद्योग सञ्चालनमा छन् । उक्त आगलागीबाट बाँकी दुई उद्योगमा भने कुनै क्षति नपुगेको बताइएको छ । विराटनगर महानगरपालिका र इटहरी नगरपालिकाबाट आएका बारुणयन्त्रले समयमा नै आगो नियन्त्रण लिएका कारण बाँकी उद्योगहरूमा क्षति नपुगेको उनले बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x