जन्ती बोकेको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु
प्यूठान । प्यूठानमा विवाहका जन्ती बोकेको जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । गौमुखी गाउँपालिका–६ ओखरपाटा भन्ने स्थानमा विवाहको दुलही लिएर फर्कँदै गरेको ग.१ ज ५०९२ नम्बरको जिप सडकबाट एक सय ५० मिटर तल खसेर शुक्रबार राति दुर्घटना हुँदा जिपमा सवार आठ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा गौमुखी गाउँपालिका–६ लिवाङ बस्ने ३९ वर्षीय बसन्त खड्का, उनकै छोरी ११ वर्षीया एलिसा खड्का, ४० वर्षीया बसन्ती खड्का, २९ वर्षीया केसरी खड्का, जिपका चालक ५२ वर्षीय बल बहादुर बुढामगर, ३२ वर्षीय खिम बहादुर खत्री, ५२ वर्षीया नन्दी खड्का र २२ वर्षीया बिपना जिसी रहेका छन् । दुर्घटनामा छ जनाको घटनास्थलमै र दुई जनाको जिल्ला अस्पताल विजुवारमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य पाँच जनामध्ये दुई जनाको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ भने तीन जनालाई थप उपचारको लागि बुटवल रिफर गरिएको छ ।
बेहुला गम्भीर घाइते भएका छन् भने बेहुलीको अवस्था चिन्ताजनक रहेको छ । घाइतेमध्ये बेहुली १९ वर्षीया रीमा जिसी, २१ वर्षीय हरि बुढामगर र २५ वर्षीया साबित्रा जिसीलाई थप उपचारका लागि बुटवल रिफर गरिएको हो । मृत्यु भएका आठ जनामध्ये चालकसहित गौमुखी गाउँपालिका लिवाङका सात जना रहेका छन् भने एक जना वर्ष १८ कि विपना जिसी नौबहिनी गाउँपालिका लुङकी रहेकी छन् । जन्तीको प्रतीक्षामा बसेको सिङ्गो गाउँ अहिले शोकमा डुबेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- इतिहासमै पहिलोपटक टाट पल्टियो श्रीलंका
- ‘श्रीलंकामा अझै एक महिनालाई पुग्ने इन्धन छ’
- मोदी जापान जाने
- खाद्य असुरक्षा घटाउने काममा सहकार्य गर्न संयुक्त राष्ट्रसंघको आह्वान
- एनआईसी एसिया क्यापिटल र मिड सोलु हाइड्रोपावर कम्पनीबीच सम्झौता
- राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई मूलकोटको अक्षित रिसोर्टमा छुट
- नबिल बैंक र लगानी बोर्ड नेपालको कार्यालयबीच सम्झौता
- नेसनल लाइफ इन्स्योरेन्स र एक एक पाइला फाउन्डेसनबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया