Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधभण्डारीको नाममा संगीत प्रतिष्ठान स्थापना

भण्डारीको नाममा संगीत प्रतिष्ठान स्थापना


काठमाडौं । वरिष्ठ तबलावादक पण्डित अच्युतराम भण्डारीको नाममा संगीत प्रतिष्ठान स्थापना भएको छ । वरिष्ठ गीतकार यादव खरेलले अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको राजधानीमा एक कार्यक्रमबीच उद्घाटन गरे ।

खरेलले प्रतिष्ठानले तबला र तालको महत्वलाई अझ प्रभावकारी ढंगले आम संगीत पारखीसम्म पु-याउनका लागि महत्वपूर्ण कार्य गर्ने धारण राखे । वरिष्ठ कलाकार हरिहर शर्माले संगीत र कलाले व्यक्तिलाई आत्मनिर्भर बनाउनुका साथै स्वाभिमानी बनाउन सिकाउने बताए । वरिष्ठ साहित्यकार विजय चालिसेले प्रतिष्ठानले नेपाली संगीत क्षेत्रलाई पुनर्जीवित बनाउने कार्य गरेको टिप्पणी गरे ।

प्रतिष्ठानका संरक्षक पण्डित अच्युतराम भण्डारीले प्रतिष्ठानमार्फत विपन्न वर्गका बालबालिकालाई निःशुल्क तबला प्रशिक्षण दिइने जानकारी दिए । प्रतिष्ठानका अध्यक्ष सीता भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा संगीतज्ञ गोपालनाथ योगीलाई नगद १० हजारसहित सम्मान गरिएको थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया