Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधपोखरामा असोज १५ देखि हट–एयर बलुन पुनः सञ्चालनमा आउने

पोखरामा असोज १५ देखि हट–एयर बलुन पुनः सञ्चालनमा आउने


काठमाडौं । पोखरामा असोज १५ देखि हट एयर बलुन पुनः सञ्चालनमा आउने भएको छ । कोरोनापछि बन्द रहेको बलुन उडान पुनः सुचारु गर्न युरोपबाट पाइलट समेत नेपाल आइसकेको बलुन नेपालका सञ्चालक विक्रम बाडेले जानकारी दिए । ‘हट एयर बलुनका पाइलट तोमस ओलेभसोनस नेपाल आइसकेका छन् । उनी युरोपेली मुलुक लुथानिया नागरिक हुन्’, उनले भने, ‘नेपालमा हट एयरको पाइलट नभएकाले हामीले युरोपबाट बोलाउनुपरेको हो ।’

बलुनमा एक पटकमा १० जनासम्म राखेर उडान भर्ने गरिन्छ । उडान अवधि ३० देखि ४० मिनेट हुन्छ । यसका लागि नेपालीलाई आठ हजार र विदेशीलाई एक सय डलर शुल्क तोकिएको बाडेले जानकारी दिए । बलुन नेपालले सन् २०१८ नोभेम्बरबाट हट एयर बेलुन उडान सेवा सुरु गरेको हो । तर कोभिडका कारण केही समय बन्द गरिएको थियो ।

आगामी दिनमा यसलाई निरन्तरता दिइने बाडे बताउँछन् । असार, साउन र भदौबाहेक हरेक महिना मौसमअनुकूल भएको दिन उडान भर्ने योजना रहेको उनले जानकारी दिए । हट एयर बलुन फेवातालको माथिल्लो किनार पामेबाट उडान सुरु गरिनेछ । फेवा किनारबाट तीनदेखि चार हजार मिटर उचाइ लिँदै गर्दा सुन्दर पोखरा उपत्यका र आसपास छर्लङ्गै देखिन्छ । बलुनले सराङकोट डाँडा नाघेपछि अन्नपूर्ण हिमशृंखलाको अद्भुत दृश्यावलोकन गर्न सकिन्छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया