पाँचौं ताम्रकार फुटसलको उपाधी बि के सुनचाँदीलाई
काठमाडौं । द ब्रिटिस कलेजको मुख्यप्रायोजन रहेको पाँचौं ताम्रकार फुटसल प्रतियोगिता २०२२को उपाधी बिके सुनचाँदी पसलले हात पारेका छन । ताम्रकार समाजको युवा तथा खेलकूद उपसमितिको आयोजनामा भएको उक्त प्रतियोगिताको शनिबार भएको प्रतिस्प्रधात्मक फाइनल खेलमा वि.के सुनचांदि पसलले मेडस मार्ट फार्मेसीलार्ई १–० गोलले पराजित गरेको थियो ।
यसअघि भएको सेमीफाइनल खेलमा वि.के सुन चांदि पसलले ओरियन इलेक्ट्रीकललाई २–१ ले तथा मेडस मार्ट फार्मेसीले आर्टस फेसन नेपाललाई टाइब्रेकरमा २–० ले पराजित गरी फाइनलमा प्रवेश गरेका थिए । वि.के सुनचांदि पसल चौथो संस्करणका उपविजेता पनि हुन । विजेता तथा उपविजेता टिमलाई ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य “आस्था”, समाजका अध्यक्ष बिनोद ताम्रकार, द ब्रिटिस कलेजका प्रशासनिक प्रमुख अमरदीप मण्डल, उपसमितिका संयोजक अनिस ताम्रकार लगायतले ट्रफी, मेडल, प्रमाण पत्र तथा नगद पुरस्कार वितरण गरे । विजेताले ३० हजार रूपैयाँ तथा उपविजेताले १५ हजार रूपैयाँ प्राप्त गरेका थिए ।
सोहीदिन भएको अण्डर १४ प्रतियोगिताको फाइनलमा प्रभु हिरोजले सिटी प्रिमिएर रेन्जर्सलाई ३–१ गोल अन्तरले पराजित गरी ट्रफी हात पारेका छन । त्यहिदिन महिला खुल्ला, दशवर्ष मुनि तथा भेट्रान टिमको प्रदर्शनी खेलपनि भएको थियो । ताम्रकार अल स्टार र द ब्रिटिस कलेज बिचभएको मैत्रीपूर्ण खेलमा द ब्रिटिस कलेज ३–२ ले विजयी बन्न सफल भए । यही कात्तिक १९ गते र २६ गते शनिबार सानेपा स्थित फिल्ड फूटसल ग्राउण्डमा भएको उक्त प्रतियोगितामा उत्कृष्ट गोलकिपरमा मेडस मार्ट फार्मेसीका बिक्सन ताम्रकार, उत्कृष्ट खेलाडीमा वि.के सुन चांदिका कुशल राजकर्णिकार, उच्चगोलकर्तामा वि.के सुन चांदिका लिउसन राजकर्णिकार र मेडस मार्ट फार्मेसीका बादल शिल्पकारले संयुक्तरूपमा प्राप्त गरे । त्यस्तै प्रेसिडेन्ट च्वाइसमा मेडस मार्ट फार्मेसीका युसन ताम्रकार घोषित भएका थिए । त्यस्तै अण्डर १४ को उत्कृष्ट खेलाडीमा प्रभु हिरोजका रेक्सन राजकर्णिकार भएका थिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
- खुकुरी प्रहार गरी फरार रहेका दश जना पक्राउ
- नेपालमा बैबाहिक जबरजस्ति करणीको कानुन आउनुको विधिशास्त्रीय औचित्य
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया