हरिवनमा टेलिमेडिसिन सेवाको शुभारम्भ
काठमाडौं । सर्लाहीको हरिवन नगरपालिकाले स्वास्थ्य सेवा विस्तार योजनाअन्तर्गत विविध स्वास्थ्य सेवाका लागि टेलिमेडिसिन कार्यक्रम सञ्चालन गरेको छ । टेलिमेडिसिन सेवाको उद्घाटन मधुमेह तथा थाइराइड विशेषज्ञ डा. ज्योति भट्टराईद्वारा हरिवन–४ निवासी कान्छीमायासँगको भिडियो संवादमार्फत गरिएको थियो ।
नगरपालिकाको विशेषज्ञ सेवाअन्तर्गत डा. नरेन्द्र मैनालीले प्रत्येक महिना एक सयभन्दा बढी बिरामीहरुको चेकजाँच गर्दै आएका छन् । यस कार्यक्रम तेस्रो महिनासम्म आइपुग्दा सेवा थप गर्दै डा. अरुण कुँवरद्वारा मानसिक स्वास्थ्यसम्बन्धी चेकजाँच तथा निःशुल्क औषधि वितरणकार्य हुँदै आइरहेको छ । यसका साथै बालबालिकाहरुको मानसिक रोगसम्बन्धी तीनदिने प्रशिक्षण कार्यक्रम पनि सम्पन्न भइसकेको छ । हालसम्म एक सय ५० भन्दा धेरै स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा शिक्षकशिक्षिकाहरुलाई अभिमुखीकरण तालिम प्रदान गरिएको छ । एक सय ६४ जना मानसिक रोगीहरुको स्वास्थ्य जाँच गरी १०–१२ जना गम्भीर प्रकृतिका मानसिक रोगीहरुको पहिचान गरी थप उपचारका लागि सिफारिस गरिएको बताइएको छ ।
यस कार्यक्रम सञ्चालन गर्नका लागि सहयोग गर्ने विशेषज्ञ डाक्टरहरु डा. अरुण कुँवर, डा. नरेन्द्र मैनाली, डा. ज्योति भट्टराई, डा. अमित झा, सिबिन नेपालका तर्फबाट प्रविधिक सहयोग जुटाउने कुमार भट्टराई, तथा अन्य व्यवस्थापनमा सहयोग गर्ने युवराज बुढाथोकीलगायत सम्बद्ध सबै पक्षलाई नगरपालिकाले धन्यवादज्ञापन गरेको छ ।
क्याटेगोरी : पालिका समाचार, नगरपालिका, बिबिध
ट्याग : #Page 9
ताजा अपडेट
- तराईमा उखरमाउलो गर्मी, मजदुरीदेखि पढाइसम्म प्रभावित
- संसद्को रेकर्डबाट कस्तो अभिव्यक्ति हटाइन्छ, ‘असंसदीय शब्द’ के हो ?
- प्रचण्डको भ्रमणपछि नेपाल-भारत सम्बन्धमा अविश्वास बढ्यो कि घट्यो?
- गरिब देशका नर्सहरूको पलायन ‘नियन्त्रणबाहिर’
- चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि
- संसद् बैठक सुरू नभएपछि निराश हुँदै फर्किए विद्यार्थी
- अझै भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारी
- ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
धेरैले पढेको
- कृत्रिम गर्भाधानमा खुलेआम अवैध भारतीय लगानी !
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया