Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारयुवायुवतीलाई डकर्मी र प्लम्बिङ तालिम

युवायुवतीलाई डकर्मी र प्लम्बिङ तालिम


दोलखा । युवाहरूलाई सिपमूलक तालिम दिएर स्वदेशमै रोजगार प्रदान गर्ने उद्देश्यले जिल्लाको भीमेश्वर नगरपालिकाभित्रका युवायुवतीहरूलाई डकर्मी र प्लम्बिङ तालिम दिइएको छ । राष्ट्रिय अपाङ्ग पुनस्र्थापना समाज अनामनगर काठमाडौंको आयोजना तथा एलडीएससी.(यूएसय) को आर्थिक सहयोगमा नगरभित्रका ३५ जना युवायुवतीलाई घर तथा भवन निर्माण गर्ने डकर्मी र खानेपानीसम्बन्धी प्लम्बिङ तालिम दिइएको हो ।

गत जेठ १० गतेदेखि सुरु भएको तालिममा दक्ष प्राविधिकहरूले १५ दिनसम्म सहभागीहरूलाई प्रशिक्षण दिएका थिए । १५ दिने डकर्मी तालिममा सहभागी २० जना र १० दिने प्लम्बिङ तालिममा सहभागी १५ जना गरी ३५ जना प्रशिक्षार्थीहरूलाई शनिबार एक कार्यक्रमका बीच प्रमाणपत्र दिइएको थियोे । राष्ट्रिय अपाङ्ग पुनस्र्थापना समाजका अध्यक्ष सुनिला शाह हमालको सभापतित्व भएको उक्त कार्यक्रममा भीमेश्वर नगरपालिका प्रमुख ईश्वर नारायण मानन्धरले तालिममा सहभागीहरूलाई प्रमाणपत्र तथा निर्माण औजार वितरण गरेका थिए । कार्यक्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले आफूले सिकेको सिपलाई सदुपयोग गर्न युवाहरूलाई आग्रह गरे । तालिममा घर तथा भवन निर्माण गर्दा लगाइने वाल, जोइन्ट, इँटा राख्ने तरिकासम्बन्धी आधारभूत सिप सिकाइएको तालिमका व्यवस्थापक राकेश श्रेष्ठले जानकारी दिए ।


क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश, बिबिध
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया