Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकाठका पोल हटाइँदै

काठका पोल हटाइँदै


दोलखा । नेपाल विद्युत् प्राधिकरण दोलखा वितरण केन्द्रले काठमा पोल विस्थापन गर्ने तयारी थालेको छ । विद्युतीय जोखिम कम गर्न काठका पोल हटाउने अभियानलाई तीव्रता दिन थालिएको वितरण केन्द्रले जनाएको छ ।

जिल्लाभर रहेका काठका पोल विस्थापित गरी सोही ठाउँमा नयाँ फलामे पोल प्रतिस्थापन गर्न लागिएको हो । पहिलो चरणमा हाई भोल्टेज लाइन भएका पोलहरूको सुधार गरिएको वितरण केन्द्रले जनाएको छ । सुरुवाती समयमा विद्युतीकरणका क्रममा प्रयोग गरिएका पोलले विद्युतीय दुर्घटना बढ्न थालेपछि त्यसलाई हटाएर दिगो र भरपर्दो फलामको खम्बा प्रयोग गर्न थालेको वितरण केन्द्र दोलखाका प्रमुख मेघनाथ ढकालले वताए । हाल जिल्लाभरमा करिब सात सय काठका खम्बा रहेको उनले जानकारी दिए । यस्तै, ट्रान्सफर्मर अर्थिङ सुधार तथा मजबुत लोड सेन्टर बनाउने कार्यलाई पनि तीव्ररूपमा अगाडि बढाएको उनले बताए ।

वितरण केन्द्रले महसुल नतिर्ने संघसस्थाहरूको विद्युत् लाईन काट्ने कामलाई पनि तीव्रता दिएको जनाएको छ । विद्युत्को महसुल दुई महिनासम्म नतिर्ने सरकारी, गैरसरकारी संस्था, व्यक्तिगतलगायत सम्पूर्णको विद्युत् लाइन काट्ने गरिएको प्रमुख ढकालले बताए । यस्तै, उनले विद्युत् महसुल तिर्न आनाकानी नगर्न आग्रह गरे । उनले ४ करोड रूपैयाँ विद्युत् महसुल उठ्न बाँकी रहेकोमा दुई करोड ५० लाख रूपैयाँ महसुल उठिसकेको जानकारी दिए ।


क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया