कृष्णा फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकपको उपाधि वीरगन्ज युनाइटेड क्लबलाई
वीरगञ्ज । कृष्णा फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकप २०७९ को उपाधि वीरगन्ज युनाइटेड क्लब वीरगन्जले उचालेको छ । परवानीपुर खेल मैदानमा भएको फाइनल प्रतियोगितामा जनकपुर स्पोर्ट क्लब जनकपुरलाई हराउँदै वीरगन्ज युनाइटेड क्लब वीरगन्जले उपाधि उचालेको हो ।
प्रतियोगितामा जनकपुर स्पोर्ट क्लब जनकपुरलाई शून्य–पाँच गोलअन्तरले पराजित गर्दै वीरगन्ज युनाईटेड क्लब वीरगन्जले उपाधि उचालेको आयोजक परवानीपुर युथ क्लबका महासचिव दिपक यादवले बताए । प्रतियोगितामा विजेता वीरगन्ज युनाइटड क्लब वीरगन्जले एक लाख ५० हजार नगद शिल्ड तथा मेडल प्राप्त गरेको थियो ।
विजेतालाई प्रदेशसभा सदस्य जितेन्द्र सोनारले पुरस्कार वितरण गरेका थिए । यस्तै उपविजेता जनकपुर स्पोर्ट क्लब जनकपुरले ७५ हजार नगद शिल्ड तथा मेडल पाएको छ । उपविजेतालाई परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री कुर्मीले पुरस्कार वितरण गरे ।
खेलको म्यान अफ दि म्याच वीरगन्ज युनाइटड क्लब वीरगन्जका चतुरधन चौधरीले र म्यान आफ दि सिरिज अभिशेख चौधरीले पाए । प्रतियोगितामा वीरगन्ज युनाइटेड क्लब वीरगन्जका विकाश चौधरीले बेस्ट डिफेन्डर, दिलमणी चौधरी बेस्ट गोलकिपरको पुरस्कार पाएका हुन् ।
क्याटेगोरी : खेलकुद, मधेश प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया