Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारझण्डै चार अंकले ओरालो लाग्दा तीन अर्ब ७६ करोडको सेयर खरिदबिक्री

झण्डै चार अंकले ओरालो लाग्दा तीन अर्ब ७६ करोडको सेयर खरिदबिक्री

पाँचौँ कारोबार दिन पनि ओर्लियो सेयरबजार


काठमाडौं । साताको सुरुवाती कारोबार दिनदेखि नै ओरालो लागेको सेयरबजार परिसूचक नेप्से साताको अन्तिम कारोबार दिन बिहीबार पनि ओरालो लागेको छ । यसदिन बजार परिसूचक नेप्से तीन दशमलव ९४ अंकले ओरालो लागेर दुई हजार ८४ दशमलव शून्य नौ विन्दुमा खुम्चिएको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ९६ अंकले ओरालो लागेर तीन सय ७९ दशमलव ४६ विन्दुमा खुम्चिएको छ ।

धितोपत्र बजारमा यसदिन तीन सय चारवटा कम्पनीको ९१ हजार तीन सय ६४ पटक सेयर किनबेच भएको छ । जसबाट एक करोड १६ लाख ८९ हजार नौ सय ५५ कित्ता सेयर खरिदबिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ७६ करोड ४५ लाख पाँच हजार चार सय ५० रुपैयाँ पुगेको छ ।

यसदिन १३ वटा समूहको सेयर कारोबार भएकोमा पाँचवटा उपसमूहहरुको सूचक उकालो लागेका छन् भने बाँकी उपसमूहहरुको सूचक ओरालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक उपसमूहको सूचक दुई दशमलव २६ अंकले उकालो लागेर ११ सय ६४ दशमलव ५१ विन्दुमा चढेकोमा विकास बैंक उपसमूहको सूचक पनि पाँच दशमलव ९५ अंकले उकालो लागेर चार हजार ३५ दशमलव ८३ विन्दुमा चढेको छ । यसैगरी फाइनान्स उपसमूहको सूचक पनि दुई दशमलव ६५ अंकले उकालो लागेर १७ सय ८६ दशमलव ८५ विन्दुमा चढेकोमा सामूहिक लगानी कोष र ट्रेडिङ उपसमूहको सूचक पनि क्रमशः शून्य दशमलव शून्य एक र १४ दशमलव ६५ विन्दुले उकालो लागेका छन् ।

जलविद्युत् उपसमूहको सूचक भने यसदिन शून्य दशमलव ४१ अंकले ओरालो लागेर २५ सय ९० दशमलव १८ विन्दुमा झरेकोमा जीवन बीमा उपसमूहको सूचक पनि ४५ दशमलव ९० अंकले ओरालो लागेर १० हजार छ सय १९ दशमलव १९ विन्दुमा झरेको छ । निर्जीवन बीमा उपसमूहको सूचक पनि ४७ दशमलव ३३ अंकले ओरालो लागेर १० हजार नौ सय २० दशमलव १४ विन्दुमा झरेकोमा होटल तथा पयर्टन, लगानी, उत्पादनमूलक, लघुवित्त र अन्य उपसमूहहरुको सुचक पनि क्रमशः ५८ दशमलव ८३, शून्य दशमलव ४९, पाँच दशमलव ६०, १८ दशमलव ३९ र नौ दशमलव ६२ विन्दुले ओरालो लागेका छन् ।

यसदिन सामलिङ पावर लिमिटेडको प्रतिकित्ता सेयरमूल्य नौ दशमलव ९९ प्रतिशतले बढ्दा सिटिजन्स म्युचुअल फन्ड २ को प्रतियुनिट सेयरमूल्य पाँच दशमलव शून्य तीन प्रतिशतले घटेको छ । यसैगरी हिमालयन रि–इन्स्योरेन्स कम्पनीको भने प्रतिकित्ता छ सय ४८ रुपैयाँ ८० पैसा अन्तिम मूल्यमा २८ करोड ६७ लाख २६ हजार पाँच सय २९ रुपैयाँको सेयर किनबेच भएको छ ।


क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया