Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारसेयरबजार २१ सय विन्दुमाथि

सेयरबजार २१ सय विन्दुमाथि


काठमाडौं । सेयरबजार सोमबार दोहोरो अंकले बढेर २१ सय विन्दुमाथि पुगेको छ । नेप्से परिसूचक १० दशमलव २६ अंकले बढेर दुई हजार एक सय चार दशमलव ७२ विन्दुमा कायम भएको छ ।

चार अर्ब ५६ करोड ६५ लाख रुपैयाँबराबरको एक करोड २३ लाख २२ हजार सात सय पाँच कित्ता सेयर किनबेच भएको छ । लगानीकर्ताको सम्पत्ति १८ अर्ब रुपैयाँले बढेको छ । बजार पुँजीकरण ३३ खर्ब सात अर्ब रुपैयाँ कायम भएको छ ।

कारोबारमा आएका दुई सय ४७ कम्पनीमध्ये एक सय ५० कम्पनीको सेयरमूल्य बढ्दा बजारमा हरियाली देखिएको हो । बजार बढे पनि ८६ कम्पनीको सेयरमूल्य घटेको छ भने ११ वटाको स्थिर रहेको छ ।

गतसाता लगातार घटेको बजार यससाता आइतबारदेखि लयमा फर्किएको छ । सूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ ।

बैंकिङ, लघुवित्त र निर्जीवन बीमा समूहबाहेक सबै बढेका छन् । बैंकिङ शून्य दशमलव शून्य छ प्रतिशत, लघुवित्त शून्य दशमलव शून्य पाँच प्रतिशत र निर्जीवन बीमा शून्य दशमलव ११ प्रतिशतले घटेका छन् । सोमबार पनि लगानीकर्ताको आकर्षण जलविद्युत् समूहमा देखियो । यो समूह एक दशमलव शून्य आठ प्रतिशतले बढेको छ । अन्य समूह पनि एक दशमलव ६४ प्रतिशतल बढेको छ । त्यसपछि लगानी शून्य दशमलव ९८, जीवन बीमा शून्य दशमलव ७२, फाइनान्स शून्य दशमलव ४९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४६, व्यापार शून्य दशमलव ४४, म्युचुअल फन्ड शून्य दशमलव १४ र होटल शून्य दशमलव ११ प्रतिशतले बढेको छ ।

जलविद्युत् समूहका तीन कम्पनीको सेयर कारोबार सकारात्मक सर्किट लेभलमा भएको छ । युनियन हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको सेयरकारोबार सकारात्मक सर्किट लेभलमा भएको हो । गरिमा डिबेन्चर, २०८५’को कारोबार भने नकारात्मक सर्किट लेभलमा भएको छ । हिमायलन रि–इन्स्योरेन्सको सेयर कारोबार सबैभन्दा धेरै ६० करोड १६ लाख ७१ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।


क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया