Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजार१० अंकले उक्लियो सेयर बजार

१० अंकले उक्लियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन १७ दशमलव शुन्य एक अंकले ओरालो लागेको बजार परिसुचक नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार १० दशमलव १४ अंकले उकालो लागेर दुई हजार ४१ दशमलव ७० बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ८६ अंकले ओरालो लागेर तीन सय ६१ दशमलव ६३ बिन्दुमा चढेको छ ।

धितोपत्र बजारमा आज तीन सय १० वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट आज ४९ हजार पाँच सय १२ पटकको कारोबारमा ६८ लाख ४२ हजार तीन सय ९२ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम दुई अर्ब ३५ करोड ४३ लाख ४८ हजार पाँच सय तीन रुपैंयाँ कायम भएको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएकोमा फाईनान्स, जीवन बीमा र ट्रेडिङ उपसमुहको सुचक ओरालो लागेर बाणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, निर्जीवन बीमा सहितका १० वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया