Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारछ दशमलव २६ अंकले ओर्लिंयो सेयर बजार

छ दशमलव २६ अंकले ओर्लिंयो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन १७ दशमलव तीन अंकले ओरारो लागेको बजार परिसुचक नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार पुन छ दशमलव २६ अंकले ओरालो लागेर दुई हजार १२ दशमलव शुन्य सात बिन्दुमा झरेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ९१ अंकले ओरालो लागेर तीन सय ५५ दशमलव ६६ बिन्दुमा खुम्चिएको छ ।

धितोपत्र बजारमा आज तीन सय १५ वटा कम्पनीहरुको ६३ हजार १५ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज ७२ लाख ९० हजार दुई सय कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबाररकम दुई अर्ब ८७ करोड ४७ लाख ५४ हजार तीन सय पाँच रुपैैयाँ पुगेको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपमसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये होटल तथा पर्यटन र ट्रेडिङ उपसमुहहरुको सुचक बढेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका ११ वटा उपसमुहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया